घुस रकमसहित शंकरपुरका प्रधानाध्यापक पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ भाद्र २०८०, बुधबार ०६:२१

बर्दिया। बर्दियामा एक जना प्रधानाध्यापक घुस रकमसहित पक्राउ परेकी छन‍्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित श्री सरस्वती बाल प्रथामिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस रकमसहित पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

उनले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागेका थिए। उक्त सूचनाको आधारमा खटिएको टोलीले उनलाई वडा नम्बर ४ स्थित सरस्वती भवन नजिकैबाट मंगलबार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो।

उनले १४ हजार ५०० रुपैयाँ घुस लिएको प्रवक्ता दाहालले बताए।

प्रतिक्रिया

 

 

slot gacor