गोकर्णेश्वर वडा नं ९ मा निशुल्क आँखा शिबिर सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ भाद्र २०८०, आईतवार ०६:००

काठमाण्डौ।  गोकर्णेश्वर नगरपालिका वडा नं ९ मा निशुल्क आँखा उपचार शिबिर सम्पन्न भएको छ। नेपाल आँखा कार्यक्रम अन्तर्गत तिलगंगा आँखा प्रतिष्ठानको सहकार्यमा निशुल्क आँखा उपचार शिबिर संचालन शनिवार बिहान ८:३० बजे देखि वडा कार्यलयको नयाँ भवनमा शुरु भैइ दिउसो २ बजे सम्पन्न भएको छ। कार्यक्रममा वडा नं ९ का जनप्रतिनिधिहरु वडा सदस्यहरु लक्ष्मी देवि गुरुङ,उमेश चालिसे, श्रीकृष्ण कारञ्जित र गमला कुमारी परियार,जोरपाटी स्वास्थ्य चौकी प्रमुख ललिता लामा, वडा सचिव संगिता बराल, वडाका कर्मचारीहरुमा सरला नेपाल, इन्जिनियर शुष्मा लामा, मुना थिङ,सज्जन कुमार पौडेल लगायत स्थानिय दाजुभाई तथा दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।

तिलगंगा आँखा अस्पतालबाट प्राबिधिक टोलीहरुमा आलोक खनाल,सम्झना जोशी,जित बहादुर ठकुरी,बबी दहाल लगायतको उपस्थितिमा निशुल्क शिविरमा १२० भन्दा बढी आँखाका बिरामीहरुको परिक्षण गरिएको थियो। मोतिबिन्दुको अप्रेसन गर्नु पर्ने चार जना,सुगरका कारणले भित्री पर्दाको जाँच गरिएकोमा २६ जना मध्ये दुई जनाको पर्दा समस्या देखिएको थियो । शिविरमा सामान्य दृष्टि तथा आँखा परिक्षण,मधुमेह भएका बिरामीहरूका दृष्टि पर्दाको परिक्षण,मोतिबिन्दुको परिक्षण समेत गरिएको छ।

प्रतिक्रिया

slot gacor