गोसाइँकुण्ड यात्रामा निस्किएका चार जना अझै सम्पर्कविहीन, पत्रकार मुकुन्द ढुंगानाको सूचना र अपिल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ भाद्र २०८३, सोमबार ०८:२०

नुवाकोट । गोसाइँकुण्ड दर्शनका लागि यात्रामा निस्किएका सूर्यगढी गाउँपालिका–५ का चार जना अझै सम्पर्कविहीन रहेको जानकारी पत्रकार मुकुन्द ढुंगानाले सार्वजनिक गरेका छन्।

सम्पर्कविहीन हुनेमा नल कुमार तिमल्सिना, रामेश्वर लामिछाने, तोयनाथ ढुंगाना र रामकृष्ण थापा रहेका छन्।

हालसम्म उनीहरूको अवस्था पत्ता लाग्न नसकेको भन्दै पत्रकार ढुंगानाले उहाँहरूलाई कसैले देख्नुभएको, भेट्नुभएको वा कुनै जानकारी प्राप्त गर्नुभएको छ भने तत्काल सम्बन्धित परिवार वा सुरक्षा निकायलाई खबर गरी खोजी कार्यमा सहयोग गरिदिन अपिल गरेका छन्।

एउटा सूचना र सानो सहयोगले पनि चार परिवारको प्रतीक्षामा आशा थप्न सक्छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor