छुनामुना प्रि-स्कुलकी प्रिन्सिपल कमला ढकाल अधिकारि शैक्षिक अवार्डबाट सम्मानित  

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०७८, आईतवार १३:०७

बोष्टर मिडियाले छुनामुना प्रिस्कुलकी प्रिन्सिपल कमला ढकाल अधिकारिलाइ उत्कृष्ट शैक्षिक अवार्ड  (कोभिड हिरो अवार्ड)  विभूषणले सम्मान गरेको छ । उहालाई  शुक्रबार  एक कार्यक्रमका बीच अवार्ड प्रदान गरेको हो । बोस्टर मिडिया तथा राष्ट्रियखबरको नवौं बार्षिकोत्सवको अवसरमा शहरी विकास मन्त्रि रामकुमारी झाक्रीको हातबाट शिक्षा विधामा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो । लोकप्रिय संचारमाध्यम राष्ट्रियखबरको नवौं वर्ष प्रवेशको अवसरमा देशका ख्याती प्राप्त व्यक्तित्वहरुलाई सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रममा उहांलाई पूर्व मन्त्री रामकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष रमेश विष्ट,आयोजक तथा राष्ट्रियखबर एवं बोस्टर मिडियाका प्रमुख मुकुन्द ढुंगाना लगायतको उपस्थितीमा उहांले उक्त सम्मान प्राप्त गर्नुभएको हो ।
कोभिड महामारीका बीच प्रिविधिको उच्चतम प्रयोग मार्फत ढकालले साना बालबालिकाहरुलाई कसरि सिकाउन सकिन्छ भन्ने बिषयमा निरन्तर खोज तथा अभ्यास गर्दै आउनु भएको छ । घोकाएर भन्दा पनि खेलाएर ,फकाएर ,देखाएर सिकाउदा साना केटाकेटीहरुले छिटो सिक्ने भन्दै उहाले बिभिन्न प्रयोग मार्फत बालबालिकाको मन जित्दै आउनु भएको छ ।

प्रतिक्रिया

slot gacor