कलेजकी प्रोफेसरसँग विद्यार्थी एकतर्फी मायामा डुब्दा जे भयो !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ असार २०७८, बिहीबार ०५:२०

काठमाडौं । एकतर्फी प्रेममा परेका एक व्यक्तिले जेलको चिसो हावा पनि खानु परेको छ ।

भारत, मध्य प्रदेशको भोपालमा एक युवक एकतर्फी प्रेम गरेका कारण जेल गएका हुन् । एक २२ वर्षीय युवकले एक निजी कलेजकी ३६ वर्षीया प्रोफेसरलाई एकतर्फी प्रेम गरेर सताइरहेका थिए ।

जानकारी अनुसार ति युवक त्यहाँको कलेजमा पिउनका रुपमा काम गर्दै आएका थिए ।

प्रोफेसरले पनि उसलाई सम्झाउन धेरै कोशिस नगरेकी होईनन् । गलत्त व्यवहारका कारण कलेजले उनलाई पिउनको जागिरबाट निकालेको थियो ।

यति भैसक्दा पनि उनले म्यामलाई प्रेम गर्न छोडेनन् । कहिले उनले महिलाको कारमा फूल राख्थे तब कहिले चकलेट राख्ने गर्दै आएका थिए । दुई वर्षदेखि निरन्तर पछ्याउदै दुःख दिन थालेपछि उनै महिलाले उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो । त्यहाँको अरेरा कालोनी निवासी ३६ वर्षीया महिला निजी कलेजमा प्राध्यापक छिन् । उनका अनुसार सन् २०१९ मा भरत उर्फ ​​अश्विन नामका युवक पनि सोही कलेजमा पिउन थिए ।

अश्विनसँग ति महिलाले सामान्य व्यक्ति जस्तो कुरा गर्थिन् । यसैबीच, कलेजमा अश्विनले म्यामप्रतिको माया प्रकट गरेका थिए ।

कलेजमा नै उनले, ‘म तपाईलाई माया गर्छु म्याडम ।’ भनेका थिए । महिला प्राध्यापकले अश्विनलाई तिम्रो र मेरो उमेर मिल्दैन तिमी सानै छौँ भनेर सम्झाएकी थिइन् ।

यो उमेरमा यस्ता कुराहरुमा पर्नुहुँदैन भनेर उनले सम्झाएको खुलेको छ । तर भरत उर्फ अश्विनले म्यामको कुरालाई अर्को ढंगले बुझेका रहेछन् । त्यसपछि भरत प्रोफेसर घरदेखि कलेजसम्म आउने जाने गर्दै गर्दा पछ्याउन थाले ।

त्यसपछि, उनले कलेजमा नै ति महिलाको हात समातेर प्रेम प्रकट गर्न खोजेको कुराले हंगामा भयो । कलेजमा धेरै हंगामा भयो र भरतलाई कलेजबाट निकालियो ।

त्यसपछि उनी झन महिला प्रोफेसरको पछाडि हात धोएर लागेका थिए । महिला घरबाट निस्कने बित्तिकै उनी पछ्याउन थाल्थे । मौका पाउने बित्तिकै म्यामको कारमा मायाको उपहार छोडेर जान्थे ।

यस व्यवहारबाट विचलित भएर महिला प्रोफेसर आरोपी भरतको घरमा पुगिन् । उनले भरतका बाबुआमालाई घटनाबारे जानकारी गराइन्, बाबुआमाले पनि भरतलाई हप्काए ।

त्यसबेला उनले अब ति महिललाई दुःख दिन्न भनेर मानेका थिए । तर फेरि उनले त्यसो गर्न थाले । दुई दिन अघि उनले प्रोफेसरको कारको अगाडि आएर प्रेममा छु, विवाह गर्न चाहान्छु भनेर प्रस्ताव राखेका थिए ।

जब महिला प्राध्यापकलाई लाग्यो की भरत उनले सम्झाउदा मान्दैनन् तब उनले शुक्रबार उत्तर प्रदेश नगर प्रहरीमा लिखित उजुरी दर्ता गराइन् । मुद्दाको छानबिन गरिसकेपछि प्रहरीले आरोपी भरतलाई ६ वटा भन्दा बढी (दु’व्र्यव’हार, पछ्या’उनु, बाटो अवरुद्ध गर्नु र ध’म्की ‘दिने लगायत अपराधमा अभियोग बनाएर एफआईआर दर्ता गरेर अनुसन्धान शुरु गरेको छ ।

महिला प्राध्यापकले बताइन् कि भरतले उनलाई दुई बर्षदेखि सताइरहेका थिए । उनी भन्छिन्, ‘मैले सोचे कि ऊ सानो छ, उसले बुझ्नेछ, तर उसले आफ्नो गलत्त व्यवहार रोक्न सकेन । अब मलाई लाग्छ यदि मैले उसबारे पहिले उजुरी गरेको भए, सुरुमा उसले पाठ सिक्नेथियो ।’ प्रहरीका अनुसार भरतले यो सबै एकतर्फी प्रेमका कारण गर्दै आएका थिए ।’

प्रतिक्रिया

slot gacor