लकडाउनका कारण भारतमा बेरोजगारीदर २७.१ प्रतिशत पुग्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ बैशाख २०७७, बुधबार ०५:१७

लकडाउनका कारण भारतमा बेरोजगारी दर ह्वात्तै बढेको छ। सेन्टर फर मोनिटरिङ इन्डियन इकोनमी (सीएमआईई) का अनुसार ३ मे मा समाप्त भएको सप्ताहमा देशमा बेरोजगारी दर बढेर २७.१ प्रतिशत पुगेको हो। अप्रिलमा देशमा बेरोजगारी दर बढेर २३.५ प्रशित थियो। अप्रिल महिनामा मात्र बेरोजगारी दर १४.८ प्रतिशतले बढेको थियो।

१३० करोड जनसंख्या रहेको भारतमा उद्यम बंद छ। फलतः बेरोजगारीदर शहरी क्षेत्रमा सबैभन्दा धेरै छ।

रेड जोन क्षेत्रमा बेरोजगारी दर २९.२२ प्रतिशत पुगेको छ, भने ग्रामीण क्षेत्रमा २६.६९ प्रतिशत ।

प्रतिक्रिया

slot gacor