मिसेस युनिभर्स २०१९ मा नेपालको प्रतिनिधित्व गर्दै बिनु लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ मंसिर २०७६, आईतवार १४:१०

मिसेस युनिभर्स २०१९ मा नर्स बिनु लामिछानेले नेपालको प्रतिनिधित्व गर्दे प्रतिष्पर्धामा गर्ने भएकी छिन्।

२२ देखि २९ डिसेम्बरसम्म चीनमा हुने मिसेस युनिभर्समा उनले नेपालको प्रतिनिधित्व गर्ने भएकी हुन्।

प्रतियोगितामा ९० जना राष्ट्रका विवाहित सुन्दरीहरु भिड्दैछन्।

२८ वर्षीया बिनुको स्थायी घर नुवाकोट हो। उनी मिसेस नेपाल युके २०१८ को विजेता हुन्।

नेपालमा ओम अस्पतालमा नर्सिङ पढेकी उनी सन् २००९ देखि लन्डन बस्दै आएकी छिन्।

लन्डनमा ह्यारो विल्ड डेन्टल प्राक्टिसमा क्लिीनिक म्यानेजरको रुपमा कार्यरत रहेकी उनी नेपलिज नर्सिङ एसोसिएसन युकेकी कोषाध्यक्ष हुन्।

उनले सम्पूर्ण नेपालीहरुलाई मिसेस युनिभर्सको अफिसियल इन्स्टग्राम पेजमा गएर भोटका लागि अपिल गरेकी छिन्।

स्वास्थ्यखबरबाट

प्रतिक्रिया