अमेरिकामा सवारी दुर्घटना परि तीन नेपालीको मृत्यु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ भाद्र २०७६, बिहीबार १०:२६

बोस्टन । अमेरिकाको मिजुरी राज्यमा मंगलबार भएको सवारी दुर्घटनामा तीन नेपालीको मृत्यु भएको छ। स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

उनका बुबारआमा अमेरिका घुम्न नेपालबाट आएका हुन्। कार चालक श्रद्धाका पति प्रभाश ओझा र उनीहरूका ४ वर्षीय छोरा अस्पतालमा छन्। प्रभाशको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

प्रभाश आफ्नो टोयोटा आरएभी ४ हाँकेर मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व गइरहेका थिए। उनले गाडी बत्तिमा रोकेका बेला पछाडीबाट टोयोटाको पिकअप ट्रकले हानेको थियो।

ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।

पछाडीबाट ठोक्काउने गाडीको चालकको नाम सार्वजनिक गरिएको छैन्। घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

slot gacor