बार्सिलोना र ग्रिजम्यानबीचको सम्झौता रद्द गर्ने ला लिगाको चेतावनी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
९ श्रावण २०७६, बिहीबार १४:५५

फ्रेञ्च फरवार्ड एन्टोनी ग्रिजम्यान र स्पेनिस क्लब बार्सिलोनाबीच भएको सम्झौता रद्द हुन सक्ने भएका छ।

सम्झौता रकमको विषयमा विवाद बढेपछि बार्सिलोनाबाट खेल्न ग्रिजम्यानलाई रोक्न सक्ने चेतावनी स्पेनिस ला लिगाका अध्यक्ष जाभियर तेबासले दिएका छन्।

गत महिना बार्सिलोनाले ला लिगाको प्रतिद्वन्द्वी क्लब एट्लेटिको म्याड्रिडबाट १२० मिलियन युरोमा ९१४ अर्ब ७८ करोड रुपैयाँ० ग्रिजम्यानसँग सम्झौता गरेको थियो।

२८ वर्षीय विश्वकप विजेता ग्रिजम्यानले ५ वर्षको सम्झौता गरेको हो। उनको रिलिज क्लज ८ सय मिलियन युरो रहेको छ।

२०० मिलियनबाट १२० मिलियन युरोपमा सम्झौता झारिएको भन्दै ला लिगाले प्रश्न उठाएको हो। तर एट्लेटिकोले सम्झौता १ जुलाई भन्दा अघि नै भएको दाबी गरेको छ।

‘हामी सम्झौता रोक्न सक्छौं। यस विषयमा ला लिगा गम्भिर छ,’ अध्यक्षले भनेका छन्।

ग्रिजम्यानले बार्सिलोनाबाट डेब्यू गरिसकेका छन्। जापानमा भएको खेलमा उनले चेल्सीविरुद्धको खेलमा डेब्यू गरेका थिए।

ग्रिजम्यान सन् २०१४ मा स्पेनिस क्लब रियल सोसिडाडबाट एट्लेटिकोमा आबद्ध भएका थिए। त्यसयता उनले एट्लेटिकोका लागि २५६ खेलमा १३३ गोल गरेका थिए।

उनले सन् जुन २०१८ मा एट्लेटिकोसँग पाँच वर्षको सम्झौता गरेका थिए। तर गत मेमा क्लब छाड्ने घोषणा गरेका थिए।

यससँगै ग्रिजम्यान विश्वका छैटौं महँगा खेलाडी बनेका थिए। नेइमार सर्वाधिक महँगा खेलाडी हुन् भने केलियन एमबाप्पे दोस्रा, फिलिप काउटिन्हो तेस्रा, जोआओ फिलिप चौथौ र उस्मान डेम्बेले पाँचौ महँगा खेलाडी हुन्।

ग्रिजम्यानले एट्लेटिकोबाट युरोपा लिग, स्पेनिस सुपर कप, युइएफए सुपर क्लब जितेका थिए। उनी क्लबका लागि पाँच सिजनमै उच्च गोलकर्ता बनेका थिए।

प्रतिक्रिया

 

 

slot gacor