विप्लव समूहलाई पक्राउको आदेश पर्खंदै प्रहरी

ssapana44@gmail.com' jamuna aryal
२१ फाल्गुन २०७५, मंगलवार ०९:१०

काठमाडौं – मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृहमन्त्रालयलाई सूचना बुझाउँदै फर्कंने गरेको नागरिक दैनिकमा खबर छ ।

विप्लव समूह भने देशव्यापी रुपमा संगठन निर्माण र आवश्यक गणनीति तयार पार्दै अघि बढिरहेको दाबी गर्दै आएको छ । पार्टीको आन्तरिक गतिविधि अघि बढाउन विप्लव, खड्गबहादुर विश्वकर्मा, धर्मेन्द्र बास्तोला, अनिल शर्मा, हेमन्तप्रकाश ओली र उमा भुजेटलले भेटघाटलाई तीब्र पारेको सुरक्षा स्रोतले जनाएको छ।

त्यस्तै शिवरात्रिको अवसरमा पशुपतिमा पुगेका श्रद्धालुहरु अव्यवस्थाले सास्ती खेप्न बाध्य भएको, साहित्य उपन्यास र चलचित्रका संवाद लेख्दा व्यक्ति वा कुनै पनि समूदायलाई चोट पुग्ने अवस्था आउन नदिन सर्वोच्चबाट निर्देशनात्मक आदेश जारी भएको, रानीपोखरीको पुर्ननिर्माण शुरु भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

प्रतिक्रिया

 

 

slot gacor