सन्दीपकाे टिम मेलबर्न स्टार्सले ब्रिज्बेन हिटलाई दियाे १५७ रनकाे लक्ष्य

ssapana44@gmail.com' jamuna aryal
२५ माघ २०७५, शुक्रबार १७:४१

काठमाण्डौँ – बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्रिज्बेन हिटलाई एक सय ५७ रनको लक्ष्य दिएको छ ।

ब्रिज्बेनमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको मेलबर्नले २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ५६ रन बनायो । उसका लागि मार्कस स्टोइनिसले ८१ रन बनाए भने डीजे ब्राभोले २१ रन बनाउँदा बाँकी खेलाडी सस्तैमा आउट भए ।

बंगलादेश प्रिमियर लिग र यूएई विरुद्धको अन्तराष्ट्रिय सिरिज खेलेर बिग ब्याशमा पुगेका सन्दीप आज प्लेइङ ११ मा परेका छन् भने उनकाे टाेलीले बलिङ पनि सुरु गरिसकेकाे छ।

प्रतिक्रिया

 

 

slot gacor