सँगै विष खान नमानेपछि आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट

ssapana44@gmail.com' jamuna aryal
१७ माघ २०७५, बिहीबार ०८:२५

इलाम– आफूसँगै विष खान नमानेपछि एक युवकले आफ्नै प्रेमिकामाथि निर्घात कुटपिट गरेका छन्। इलामको सन्दकपुर गाउँपालिका–३, सुलुबुङका ३० वर्षे सागर सुवेदीले त्यही वडाकी २७ वर्षीया सरिता रेश्मीमगरलाई कुटपिट गरी गम्भीर घाइते बनाएका हुन्। 

बुधबार दिउँसो गाउँमै सागरले सरितालाई ‘दुवैजनाले विष खाउँ’ भनेको तर नमानेपछि सरितालाई कुटपिट गरी गम्भीर बनाएको जिल्ला प्रहरी कार्यालयका डिएसपी टंक भट्टराईले बताए। सागरको कुटाइबाट उम्किन सफल भएपछि सरितालाई जिल्ला अस्पताल ल्याइएको थियो। तर, यहाँ उपचार सम्भव नभएपछि उनलाई झापा रेफर गरिएको छ। 

सागरलाई प्रहरीले पक्राउ गरेको छ। सागरको मोरङकी अर्की युवतीसँग आउँदो २८ गते बिहे निश्चित भइसकेको स्थानीयले बताएका छन्। 

प्रतिक्रिया

 

 

slot gacor