क्रिकेटको सारथी बन्दै सन्दिप !

ssapana44@gmail.com' jamuna aryal
१४ पुष २०७५, शनिबार १४:४८

काठमाडौं । नेपाली क्रिकेट भन्ने बित्तिकै सन्दिप लामिछाने हुन थालेको छ। कुनै समय नेपाली क्रिकेट र पारस खड्का पर्यायवाची जस्ता थिए। पारसले नेपाली क्रिकेटमा दिएको योगदान अतुलनीय छ ।

पारसले क्रिकेटलाई नेपाली माझ चिनाउन ठुलो योगदान गरेका छन् भने सन्दिपले नेपाली क्रिकेटलाई विश्व माझ चिनाउँदै छन्। अष्ट्रेलियामा बिग ब्याश लिग खेलिरहेका सन्दिपले अन्तराष्ट्रीय ध्यान तानिरहेका छन्। उनले तीन खेलमा ७ वेकट लिईसकेका छन्। यो प्रदर्शन टि-२० क्रिकेटमा अति नै राम्रो मानिन्छ ।

उनको तारिफ गर्नेमा अष्ट्रेलियन पुर्व क्रिकेट कप्तान माईकल क्लार्क जहिल्यै अगाडी रहन्छन्। उनले सन्दिपलाई अन्तराष्ट्रीय मञ्चमा स्थापित हुन राम्रो सहयोग गरेका हुन्। गत बर्ष दिल्ली डेयर डेविल्समा आबद्ध हुन पनि क्लार्कले सहयोग गरेका थिए। त्यसपछि सन्दिपले पछाडी फर्केर हेर्नु परेको छैन।

प्रतिक्रिया

slot gacor