कांग्रेसले मेलमिलाप दिवस देशभर मनाउँदै

ssapana44@gmail.com' jamuna aryal
१३ पुष २०७५, शुक्रबार ११:०८

काठमाडौं । नेपाली काँग्रेसले पुष १६ गतेको लागि मेलमिलाप दिवस धुमधामका साथ देशभर मनाउने भएको छ । काँग्रेसले यसको लागि हरेक जिल्लामा एक एक जना केन्द्रीय प्रतिनिधि समेत खटाईसकेको छ ।

पार्टीका संस्थापक नेताहरु विश्वेश्वरप्रसाद कोइरालाक, गणेशमान सिंह लगायतका नेताहरु आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्किएको दिनको सम्झनामा काँग्रेसले हरेक वर्ष पुष १६ लाई राष्ट्रिय मेलमिलाप दिवसको रुपमा मनाउँदै आएको छ । पुस १६ का दिन आमसभा, गोष्ठी, ऱ्याली, कोणसभा लगायतका कार्यक्रम व्यापक रुपमा संचालन गरी मनाउन नेपाली कांग्रेसले मुलुकका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेको छ ।

प्रतिक्रिया

 

 

slot gacor