सन्दिप लामिछानेको उत्कृष्ट बलिङ: मेलबोर्न पराजित

ssapana44@gmail.com' jamuna aryal
९ पुष २०७५, सोमबार १७:०८

काठमाडौं। सन्दिप लामिछानेको उत्कृष्ट बलिङको प्रदर्शन जारी रहेको छ। अष्ट्रेलियाको बिग बास लिग क्रिकेटमा मेलबोर्न स्टार्सका लागि खेलिरहेका सन्दिपले आफ्नो दोस्रो केलमा ४ ओभरमा २४ रन खर्चेर तीन विकेट लिएका छन्। 

मेलबर्नबाट खेल्दै सन्दिपले पहिलो खेलमा २ विकेट लिएका थिए। उनले प्रतियोगितामा २ खेलमा कुल पाँच विेकट लिईसकेका छन्। 

सन्दिपको उत्कृष्ट बलिङले पनि मेलबर्नलाई जीत दिलाउन सकेको छैन्। दोस्रो खेलमा मेलबर्न होबार्ट हरिकेन्ससँग ६ विकेटले पराजित भएको छ। 

टस हारेर पहिले ब्याटीङ गरेको मेलबर्नले निर्धारित २० ओभरमा ५ विेकटको क्षतीमा १ सय ५५ रन बनाएको थियो। उसका लागि कप्तान ग्लेन म्याक्सवेलले ४७ रन बनाएका थिए भने निक लार्किनले ४५ रनको योगदान दिएका थिए। 

जवाफमा ब्याटीङ गर्न ओर्लेको होबर्टले १५६ रनको लक्ष्य १८.४ बलमा ४ विकेटको नोक्सानीमा भेट्टाएको थियो। होबर्टका कप्तान म्याथ्यु वेडले ५२ रन बनाएका थिए भने डार्सी सर्टले ३४ रनको योगदान गरेका थिए। 

प्रतिक्रिया

slot gacor