सन्दिपले बिग बास लिगको पहिलो खेलमा उत्कृष्ठ प्रदर्शन

ssapana44@gmail.com' jamuna aryal
७ पुष २०७५, शनिबार ११:०४

काठमाडौं। नेपाली क्रिकेटका सन्दिपले बिग बास लिग (बिबिएल)को पहिलो खेलमा उत्कृष्ठ प्रदर्शन गरेका छन्। उनले मेलबोर्न स्टार्सबाट खेल्दै पहिलो खेलमा २ विकेट लिएका छन्। उनले आफ्नो पहिलो ओभरमा सेन वाट्सन र क्यालुम फर्गसनको विकेट लिएका थिए। उनले आफ्नो पहिलो खेलमा ४ ओभर गर्दै ३५ रन खर्चेर २ विकेट लिएका थिए।

बिश्वभरीका प्रमुख क्रिकेट लिगहरु खेलिरहेका सन्दिपको ब्यवायीक उडान राम्रो रहेको छ। उनले खेलेका सबै ठाउँमा आफ्नो छाप छाडिरहेका छन्। उनको प्रदर्शनले विश्व क्रिकेट जगतमा नेपालको नाम पनि चिनाईरहेको छ। उनको ब्यवसायीक सफलताले नेपाली क्रिकेटलाई ठूलो योगदान दिने निश्चित रहेको छ।  

अष्ट्रेलियाका लागि खेल्ने अर्का लेग स्पिनर एडम जाम्पा रहेको टोलीमा सन्दिपले मौका पाउलान वा नपाउलान त्यो चर्चाको बिषय रहेको थियो। सामान्य रुपमा हेर्दा एकै पटक दुइ लेग स्पिनर टोलीहरुले खेलाउदैनन तर मेलबर्नले जाम्पा सहित शन्दिपलाई पनि मौका दियो। सन्दिपले उक्त मौकाको भरपुर सदुपयोग गरेका छन्। 

प्रतिक्रिया

slot gacor