काठमाडौं । अभिनेता राजवल्लभ कोइराला र मेगा बैंककी प्रवन्धक रविना जोशीको सम्बन्ध घनिष्ठ हुँदै गएको धेरै पहिलेदेखि नै हो । यो जोडीको अफेयरबारे पत्रपत्रिका र अनलाइनहरुमा विभिन्न चर्चा परिचर्चा हुँदै आएका छन् ।
अभिनेता राजवल्लभ र रविना जोशी अचेल एउटै अपार्टमेन्टमा बस्छन् । आखिर रविना र राजवल्लभका लागि कसले अपार्टमेन्टको व्यवस्था गरिदियो ? किन गरिदियो ? त्यसका रहस्यहरु विस्तारै खुल्दै जान थालेका छन् । यी दुई प्रेम जोडी लिभिङ टुगेदरका रुपमा बसिरहेका छन् ।
रविनाको सम्बन्ध राजवल्लभन्दा पहिले अनिल शाहसँग
रविनाको जीवनमा राजवल्लभभन्दा पहिले नै ब्यांकर अनिल शाहको प्रवेश भएको सुत्रहरु बताउँछन् । कुनै बेला अनिल शाह र रविना स्ट्यान्डर्ड चार्टर्ड बैंकमा सँगै काम गर्थे । अनिलले स्ट्यान्डर्ड चार्टर्ड बैंक छाडेपछि रविनाले पनि त्यो बैंक छाडिन् । त्यसपछि यो जोडी नबिल बैंक पुग्यो । नबिल बैंकमा काम गर्दा ताका नै रविनाको भेट भयो, अभिनेताराजबल्लभ कोइरालासँग ।
रविनाको अफिस पुल्चोकमा, राजवल्लभ बस्ने कुपण्डोलमा । यसकारण पनि उनीहरूको भेट झांगिन थाल्यो । राजवल्लभलाई रविनाले गाडीसमेत किनिदिएको चर्चा भयो । आफ्नी पत्नी कुनै हिरोसँग लागेको थाहा पाएपछि रविनालाई पाटनका धनाढ्य जोशी थरका पतिले पारपाचुके गरे । उता, यसबीचमा रविना र अनिल दुवैले नबिल बैंक छाडेर मेगा बैंकमा काम गर्न थाले ।
राजवल्लभको फिल्मी शैलीको इन्ट्री
रविना र अनिलबीचको मित्रापूर्ण र घनिष्ठ सम्बन्ध जगजाहेरै छ । यो सम्बन्धमा एकाएक राजवल्लभ कोइरालाको फिल्मी शैलीको ‘इन्ट्री’ किन भयो ? यो प्रश्न गम्भीर छ । कतै रविना र राजवल्लभको सम्बन्ध देखाउनका लागि मात्र त थिएन ? राजवल्लभ र रविनाको प्रेम सम्बन्धको हल्ला चलाएर भित्री रुपमा अर्कै लिला त चलिरहेको छैन ? यी प्रश्नहरु मेगा बैंकका सिइओ अनिल शाहको घरसम्म गुञ्जिन थालेको छ ।
नेपालका धनाढ्य र कर्पोरेट हाउसका मालिकहरुले घरमा श्रीमती हुँदाहुँदै बाहिर कुनै नक्कली जोडी खडा गरेर मोजमस्ती मार्ने गरेका घटना नौला पनि होइन । त्यसैले अनिल शाहको हकमा पनि यस्तै प्रश्न गम्भीर रुपमा खडा भएको बैंकका एक कर्मचारी बताउँछन् । यही विषयलाई लिएर अनिल शाहको परिवारमा खटपट सुरु भएको छ ।
को हुन रविना ?
बैंकिङ क्षेत्रमा माथिल्लो पदमा पुग्ने थोरै महिलामध्येकी एक हुन, रविना जोशी । हाल मेगा बैंकमा महाप्रवन्धकका रूपमा कार्यरत रविनाले बैंकिङ करियरमा लामो अनुभव हासिल गरिसकेकी छिन् । उनको शारीरिक सौन्दर्यकै बलमा उनी यस क्षेत्रमा टिकेको भन्ने हल्ला बैंकिङ चेत्रमा चल्ने नगरेका होइनन् ।
कान्तिपुर साप्ताहिकले गरेको उत्कृष्ट १० नेपाली महिलाको प्रतिस्पर्धामा रविना समेत परेकी थिइन् । त्यसबेला फेसन डिजाइनर राजेश धाख्वा, ग्लामर फोटोग्राफर राजीव श्रेष्ठ तथा अभिनेता राजवल्लभ कोइरालाले उनको आकर्षक सौन्दर्यको खुलेर प्रशंसा गरेका थिए ।
अल्टरनेटिभ हिलिङ प्राक्टीसेजकी ज्ञाता रविनामा मानिसलाई ‘हिप्नोटाइज’ गर्ने खुबी पनि छ । गायन र नृत्यकलामा पनि उनी पोख्त छिन् । १७ वर्षअघि वैवाहिक जीवनमा बाँधिएकी रविना दुई सन्तानकी आमा पनि हुन् ।
बैंकर मस्तीमा, बैंक माटोमा
अनिल शाहजस्ता बैंकरको चर्तिकला नेपाली बैंकरहरुको एउटा उदाहरण मात्र हो । नेपालका बैंकहरु सेवामुखी हुनुपर्नेमा सहरमुखी बन्दै गएका छन् । भ्याकुम क्लिनरदेखि ल्याण्ड रोवरसम्म, जग्गादेखि कोलनीजस्ता सुविधा सम्पन्न क्षेत्रमा बैंकको लगानी हुँदैछ । मुलुकका ग्रामीण किसानदेखि उद्योग कलकारखानामा उनीहरु लगानी गर्र्दैनन् ।
बैंकका अध्यक्ष र सिइओको चरम लापरवाहीका कारण ऋण प्रवाहमा अनियमितता भइरहेकाले कुनैपनि बेला बैंकहरु डुब्ने खतरा छ । बैंकका सिइओले कमिशनको लोभमा परेर विभिन्न प्लटिङ जग्गा, कोलोनीमा खराब कर्जा प्रवाह गर्दै बैंकलाई धरासायी हुने अवस्थामा पुर्याएका छन् । कतिपय सिइओ आफै बैंकको पैसामा मोज गरिरहेका छन् र आफै धनी हुने ताकमा छन् । यसका ज्वलन्त उदाहरण हुन्, अनिल शाह ।
नविल बैंकलाई धरासायी बनाएर मेगा बैंकमा गएका अनिल शाह मासिक १० लाखभन्दा बढी तलब खान्छन् । बढी तलब खाने, अनि खराव कर्जा प्रवाह गरेर कमिसन कुम्ल्याउने र सञ्चालकहरुको पैसामा रजाईं गर्ने । केही समयअघि अनिलले मोटो रकम कमिशन खाएर ‘वि एण्ड वि अस्पताल’का अशोक बास्कोटालाई हरिसिद्धीमा एनवि कोलनी पछाडि बाटोसमेत नगएको जग्गामा ५० करोड रुपैयाँ ऋण प्रवाह गरेका थिए ।
मेगा बैंकको होर्डिङ बोर्ड राख्दा आफैले अकुत कमिसन खाएर ४० लाख रुपैयाँसम्मको सम्मको बोर्ड झुण्डाए । सर्वसाधारणको रकम मोज गर्न पल्किएका शाह प्रत्येक महिना दशौं लाख बुझ्दै डेढ करोडको रोज रोवर गाडी चढ्छन् ।
‘हलोदेखि हाइड्रोसम्म’ भन्ने मुल नारा बोकेर स्थापना भएको मेगा बैंक लिमिटेडमा सुरुमा एक हजार २ सय १९ जना सञ्चालक थिए । अहिले यो १ लाख ४५ हजार ६ सय ७५ नेपाली लगानीकर्ताको बैंक बनेको छ । तर उनीहरुको पैसामा मोज गरिरहेका छन्, अनिल शाह उनका नाजिककाहरु । २०६७ साउन ७ गतेदेखि बैंकिङ कारोबार सुरु गरेको यो बैंक भित्रभित्र खोक्रो भइसकेको त्यहाँ कार्यरत एक कर्मचारी बताउँछन् ।
सुरेन्द्र पाण्डेको संकेत अनिल शाहतर्फ
सुरेन्द्र पाण्डे अर्थमन्त्री भएकै बेला उनले भनेका थिए, ‘कतिपय संस्थामा तलब खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत सीईओ एक्लैले लिएर बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीलाई दिने गरेका रहेछन् ।’ पाण्डेले पारिवारिक कम्पनीमा आफै सीइओ बस्ने, मासिक तलब बीसौँ लाख रुपैयाँ लिने, श्रीमती, छोराछोरीलाई पनि माथिल्लो तहको कर्मचारी राखेर तलब धेरै दिने गरेको बताएका थिए ।
पाण्डेको संकेत अनिल शाहजस्ता बैंकरतर्फ थियो । उनले भनेका थिए– ‘आम्दानी जति तलब, भत्तामा आफैले खाएर कम्पनी चाहिँ घाटामा देखाइन्छ । कम्पनी घाटामा गएको देखाएपछि कर तिर्नुपरेन । त्यसैले आम्दानी जति परिवारले तलबमा खान्छन् र लेखा परीक्षणमा घाटा देखाउँछन् । आफू, श्रीमती, छोराछोरी र नातिपनातिसम्म लाखौं खाने अनि मजदुरलाई दिन पुगेन, कम्पनी घाटामा छ भन्ने चलन देखियो । कतिपय संस्थामा पारिश्रमिक खर्चको ८५ प्रतिशत प्रमुख कार्यकारी अधिकृत एक्लैले लिने र बाँकी १५ प्रतिशत मात्र अरु कर्मचारीले लिने गरेको पाइयो माथिल्लो र तल्लो तहमा रहेको यस्तो असमानतालाई सरकारले छाडा रुपमा छोड्न सक्दैन ।’साभार – nepalsandesh.com
Comments are closed.
Yo Anil shah aagkal chup chap cha ni yo pani chor nai rahicha ghada arkako pasinama moj
Garne.