गौरमा यादवहरु द्धारा विशाल फट्टा जुलुस, लाखौं जनता सडकमा

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१६ कार्तिक २०७२, सोमबार २०:५७

20151102_133303 रौतहट १६ कात्तिक ।
सोमबार विहान पर्साको विरगंजमा प्रहरीले गरेको हस्तक्षेप विरुद्ध रौतहटका गोपालवंशी समुदायले सडकमा र्ओली गर्जेका छन् ।
के.पी शर्मा ओली नेतृत्वको सरकारका गृह मन्त्रि शक्ति बस्नेत विरुद्ध आक्रोशित हुदै लाखौंको संख्यामा रौतहटका यादव समुदाय सडकमा र्ओलेका छन् । गोपाल सेवा समितीको आह्वानमा रौतहटका विभिन्न गाँव गाँव बाट लाखौंको संख्यामा यादव समुदायका पुरुषहरु बाँसको फट्टा सहित सडकमा र्ओली वर्तमान सरकार विरुद्ध चर्को नाराबाजी गर्नुका साथै सिमा नाकामा रहेको मितेरी पुलमा मधेश आन्दोलन प्रति एकबद्धता जनाएको छ ।
सदरमुकाम गौरमा रहेको नयाँ बसपार्क बाट लाखौंको संख्यामा शुरु भएको सो विशाल रैली नगरको विभिन्न भाग परिक्रमा गरेको थियो भने सो रैली करीब ३ कि.मी सम्म लामो रहेको थियो ।
हात हातमा फट्टा लिएर सडकमा आएका यादव समुदायको विशाल जुलुस रौतहटमा प्रर्दशन भएका जुलुसहरु मध्ये नै सबै भन्दा विशाल जुलुस रहेको बुझिएको छ ।
एक्कासी प्रहरीको अनुमान भन्दा बढी आन्दोलनकारी सडकमा र्ओले पछि रौतहट प्रहरीको होस नै उडेको थियो भने चोक चोकमा रहेका सुरक्षा कर्मी हतार हतारमा प्रहरी ब्यारक छिरेका थिए ।20151102_133905
मधेशमा जारी आन्दोलन करीब ३ महिना लाग्न लाग्दा समेत वर्तमान सरकारले खासै चासो नदेखाएको र वार्ताको नाममा पटक पटक मधेशी जनताको भावनाको साथमा खेल्वाड गरेको भन्दै रौतहटका गोपालवंशी आक्रोशित बनेको तथा छिटै मधेशको मांग पुरा नगरे ओली नेतृत्वको सरकारलाई देश भरीका गोपाल वंशी र मधेशी समुदाय एक जुट भई चाईनाको बाटो देखाउने गोपाल सेवा समिती रौतहटका सचिव जय प्रकास यादवले चेतावनी दिए ।
त्यस्तै तमरा अभियानका रौतहट संयोजक रविन्द्र नाथ गोपालीले बर्तमान सरकार चाईनाको कठ्ठ पुतली रहेको आरोप लगाउदै मानव सा¨लो लाई माखे सा¨लो भन्ने चाईनिज दलाल लाई मधेशीको मांग छिटै हेर्न सुझाव दिनुका साथै मधेशको मांग छिटै पुरा नगरे मधेशी जनता माखे सा¨लो हेर्न समेत आँखा बाकी नराख्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, बैशाख १३, २०८१