मानसिक समस्या बढ्दो, कम आम्दानी भएका परिवार बढी प्रभावित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ कार्तिक २०७४, मंगलवार ०९:०८

नेपालमा मानसिक स्वास्थ्य समस्या बढ्दो रहेको एक अध्ययनले देखाएको छ ।

मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको बहुसांस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपालले हालै गरेको अध्ययनले करिब ५० प्रतिशतभन्दा बढी मानिसमा कुनै न कुनै प्रकारको मानसिक समस्या रहेको देखाएको हो ।

यो समस्या न्यूनीकरणका लागि सरकारी कार्यक्रम बढाइनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । विभिन्न क्षेत्रका ९१७ घरमा गरिएको नमूना अध्ययनमा ४७० घरमा यस्तो समस्या देखिएको भन्दै उक्त संस्थाकी परियोजना संयोजक दृष्टि गुरुङले समस्या देखिएका अधिकांश परिवारको आर्थिक अवस्था कमजोर रहेको पाइएको बताउनुभयो ।

चारसय ४७ घरमा भने रोग नदेखिएको उहाँको भनाइ छ । मानसिक स्वास्थ्य समस्या र आर्थिक समस्याको विषयमा अध्ययन भएको जानकारी दिँदै गुरुङले समस्यामा परेकाहरूले खाद्यान्न उपभोग आवश्यकभन्दा कम गर्ने गरेको पाइएको र यसबाट कुपोषणलगायतका रोग बल्झने खतरा रहेको औँल्याउनुभयो । खबर आजको गोरखापत्रमा  छ ।

प्रतिक्रिया