टानको ३९ औ महाधिवेशन सुरु

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ कार्तिक २०७४, आईतवार १४:४८

काठमाडौं । ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०को महाधिवेशन आजबाट राजधानीको होटल ह्यातमा सुरु भएको छ ।

टान महाधिवेशनको उदघाटन आइतबार पर्यटन सचिव महेश्वर न्यौपानेले राजधानीको हायात होटलमा गरेका हुन् ।
सो अवसरमा विभिन्न विधाबाट पर्यटन प्रवद्र्धन र विकासमा योगदान पुर्याउने व्यक्ति तथा कम्पनीलाई पुरस्कृत गरिएको थियो ।
महाधिवेशनले नयाँ नेतृत्व चयनलगायत महत्त्वपूर्ण निर्णयहरु गर्नेछ । उदघाटन सत्रपछि हुने बन्द सत्रमा महासचिव कर्ण लामाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष लिलाबल्दव दाहालको आर्थिक प्रतिवेदन पारित हुनेछ ।
८ पदाधिकारी र ९ सदस्यसहित कूल १७ पदका लागि आजै निर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिकाअनुसार दिनको १ बजे देखि ५ बजेसम्म मतदान जारी रहनेछ ।
लोकतान्त्रिक समूहतर्फबाट मोहन लम्साल उम्मेदवार बनेका छन् भने वाम गठबन्धनको तर्फबाट नवराज दाहाल अध्यक्षका उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया