ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राख्न अनुमति

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ मंसिर २०८३, शुक्रबार ०५:४१

काठमाडौं। काठमाडौं जिल्ला अदालतले ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

अदालतले बिहीबार सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राखी अनुसन्धान अघि बढाउन जिल्ला प्रहरी परिसर काठमाडौंलाई म्याद थप गरेको हो।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि प्रहरीले सबैभन्दा पहिले सापकोटालाई पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा सापकोटासँगको संलग्नता देखिएपछि श्रेष्ठ र भट्टलाई पनि नियन्त्रणमा लिइएको हो। पक्राउ परेका श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्।

प्रहरीका अनुसार सापकोटाविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ।

त्यस्तै, श्रेष्ठ र भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गतको कसुरमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor