हरिबोधनी एकादशी मेलाका अवसरमा मंसिर ४ गते बुढानीलकण्ठ नगरपालिकाका सेवा बन्द हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ मंसिर २०८३, बुधबार १६:४४

काठमाडौं । हरिबोधनी एकादशी मेलाका अवसरमा बुढानीलकण्ठ नगरपालिकाले मंसिर ४ गते शुक्रबार नगरपालिका तथा मातहतका कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने भएको छ।

नगरपालिकाले बुधबार सूचना जारी गर्दै वडा नं. ३ स्थित प्रसिद्ध धार्मिक तथा सांस्कृतिक स्थल बुढानीलकण्ठ मन्दिरमा मंसिर ४ गतेदेखि ८ गतेसम्म सञ्चालन हुने हरिबोधनी एकादशी मेलाका कारण उक्त दिन सेवा प्रवाह बन्द रहने जनाएको हो।

नगरपालिकाको मिति २०८३/०७/३० गते बसेको १६औँ कार्यपालिका बैठकको निर्णयअनुसार मंसिर ४ गते शुक्रबार अत्यावश्यकबाहेकका अन्य सेवा बन्द रहने सूचनामा उल्लेख छ। सेवा प्रवाहमा पर्न जाने असुविधाप्रति नगरपालिकाले क्षमायाचना गरेको छ।

साथै, धार्मिक तथा सांस्कृतिक पर्वको गरिमा र महत्त्वलाई आत्मसात् गर्दै हरिबोधनी एकादशी मेलालाई सभ्य, भव्य, व्यवस्थित र मर्यादित रूपमा सफल बनाउन नगरपालिकाले सम्पूर्ण नगरवासी, संघसंस्था, सामाजिक अभियन्ता तथा सरोकारवालालाई उत्साहजनक सहभागिताका लागि आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor