काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारअन्तर्गत आज गाईतिहार मनाइँदै छ। यस अवसरमा गाईलाई लक्ष्मीको प्रतीक मानेर माला, टीका लगाई मीठा परिकार खुवाएर पूजा गर्ने परम्परा छ।
हिन्दु धर्ममा गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ। गाईबाट प्राप्त दूध, दही, घ्यू, गोबर र गहुँत धार्मिक तथा सांस्कृतिक कार्यमा प्रयोग हुने भएकाले यसको विशेष महत्त्व रहेको छ।
धार्मिक विश्वासअनुसार गाईको पूजा गर्दा सुख, समृद्धि र पुण्य प्राप्त हुन्छ। साउन शुक्ल पूर्णिमामा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिए मृत्युपछि वैतरणी नदी पार गर्न सहज हुने जनविश्वाससमेत छ। गाईले परलोक यात्रामा वैतरणी नदी पार गर्न सहयोग गर्ने मान्यताका कारण यसको सेवा र पूजा गर्ने परम्परा रहँदै आएको छ।
प्रतिक्रिया