IPDF को तर्फबाट अमेरिकी व्यवसायी जननी श्रेष्ठलाई ‘टोकन अफ लभ’सहित बिदाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८३, बुधबार ०७:५४

काठमाडौं । इन्टरनेसनल प्रोजेक्ट डेभलपमेन्ट फोरम (IPDF) ले चीनमा आयोजित चाइना बिजनेस फेयरमा सहभागी हुन नेपाल आएकी अमेरिकी व्यवसायी जननी श्रेष्ठलाई मायाको चिनो प्रदान गर्दै बिदाइ गरेको छ।

चीन भ्रमण तथा नेपाल बसाइ पूरा गरी अमेरिका फर्किन लागेकी श्रेष्ठलाई IPDF का तर्फबाट संस्थाकी उपाध्यक्ष शीतल शर्माले ‘टोकन अफ लभ’ प्रदान गर्दै बिदाइ गरेकी हुन्।

सो अवसरमा उपाध्यक्ष शर्माले IPDF र जननी श्रेष्ठबीचको सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिने विश्वास व्यक्त गरिन्। उनले श्रेष्ठको सहभागिता र सहकार्यले संस्थाको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा सकारात्मक योगदान पुग्ने बताउँदै आगामी दिनमा IPDF ले आयोजना गर्ने विभिन्न कार्यक्रम तथा गतिविधिमा समेत सहभागी हुन आग्रह गरिन्।

मायाको चिनो ग्रहण गर्दै जननी श्रेष्ठले IPDF ले आफूलाई दिएको सहयोग, सद्भाव र आत्मीयता कहिल्यै नबिर्सने बताइन्। उनले संस्थासँगको सम्बन्धलाई आगामी दिनमा पनि निरन्तरता दिने र IPDF का आगामी कार्यक्रमहरूमा सहभागी हुने इच्छा व्यक्त गरिन्।

IPDF ले स्वदेश तथा विदेशमा रहेका व्यवसायी, उद्यमी र विभिन्न क्षेत्रका व्यक्तित्वबीच सहकार्य, सम्बन्ध विस्तार तथा अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल निर्माण गर्ने उद्देश्यसहित विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor