ओली भेट्न पुगे कांग्रेस सभापति गगन थापा, गुण्डुमा एक घण्टा छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ कार्तिक २०८३, बुधबार ०६:३९

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

मंगलबार साँझ भक्तपुरको गुण्डुस्थित ओली निवासमा भएको भेटमा दुई नेताबीच झण्डै एक घण्टा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

उनीहरूबीच साँझ ६ः५० देखि ७ः५५ बजेसम्म भेटवार्ता भएको हो। पछिल्लो समय १८ करोड रुपैयाँसम्बन्धी अडिओ प्रकरण र प्रधानमन्त्री बालेनसँगको राजनीतिक विवादका कारण चर्चामा रहेका थापा ओलीलाई भेट्न पुगेका हुन्।

भेटमा भएका छलफलका विस्तृत विषयवस्तु भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया

Leave a Reply

slot gacor