राष्ट्रियखबर डटकम र उत्पला क्याफेबीच एकवर्षे व्यावसायिक सम्झौता सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ कार्तिक २०८३, आईतवार ०८:२४

काठमाडौं । राष्ट्रियखबर डटकम र बौद्धस्थित उत्पला क्याफेबीच प्रचारप्रसार तथा व्यावसायिक सहकार्यका लागि एकवर्षे वार्षिक सम्झौता भएको छ । सम्झौताअनुसार राष्ट्रियखबर डटकमले उत्पला क्याफेको प्रचारप्रसारको सम्पूर्ण जिम्मेवारी लिनेछ भने उत्पला क्याफेले राष्ट्रियखबरलाई मासिक सम्झौताअनुसार आवश्यक सहकार्य गर्नेछ ।

२०८३ असोज ८ गते सम्पन्न सम्झौतामा राष्ट्रियखबर डटकमको सञ्चालक संस्था बोष्टर मिडिया प्रालिका सञ्चालक मुकुन्द ढुंगाना र उत्पला क्याफेका म्यानेजर दीपक बोहोराले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार राष्ट्रियखबर डटकमले आफ्नो डिजिटल सञ्चारमाध्यममार्फत उत्पला क्याफेका सेवा, सुविधा, परिकार, विशेष कार्यक्रम तथा व्यावसायिक गतिविधिको नियमित प्रचारप्रसार गर्नेछ । क्याफेको पहिचान र सेवाबारे आम नागरिक तथा ग्राहकसम्म सूचना पुर्‍याउन समाचार, विज्ञापन, डिजिटल सामग्री र अन्य प्रचारात्मक माध्यमको उपयोग गरिनेछ । साथै, वार्षिक स्मारिकामा समेत उत्पला क्याफेको विज्ञापन समावेश गरिनेछ ।

उत्पला क्याफेका म्यानेजर दीपक बोहोराले राष्ट्रियखबरसँगको सहकार्यले क्याफेका सेवा र गतिविधिलाई थप नागरिक तथा ग्राहकसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, “आजको समयमा व्यवसायको पहिचान र सेवा विस्तारका लागि प्रभावकारी प्रचारप्रसार आवश्यक छ । राष्ट्रियखबरजस्तो सञ्चारमाध्यमसँग वार्षिक सहकार्य गर्न पाउँदा खुसी लागेको छ । सम्झौताअनुसार हामी पनि राष्ट्रियखबरलाई नियमित रूपमा मासिक सहकार्य गर्नेछौँ । यस सहकार्यलाई दीर्घकालीन र प्रभावकारी बनाउने हाम्रो अपेक्षा छ ।”

त्यसैगरी, राष्ट्रियखबर डटकमका सञ्चालक मुकुन्द ढुंगानाले सञ्चारमाध्यम र व्यावसायिक संस्थाबीचको सहकार्यले दुवै पक्षलाई लाभ पुग्ने बताए । उनले भने, “राष्ट्रियखबरले उत्पला क्याफेको प्रचारप्रसारलाई आफ्नो जिम्मेवारीका रूपमा लिएर योजनाबद्ध र प्रभावकारी ढंगले अघि बढाउनेछ । कुनै पनि व्यवसायको सेवा, गुणस्तर र पहिचानलाई सही सूचना तथा डिजिटल माध्यमबाट लक्षित वर्गसम्म पुर्‍याउनु हाम्रो उद्देश्य हो । उत्पला क्याफेसँगको यो सहकार्यलाई हामी व्यावसायिक सम्बन्धसँगै आपसी विश्वास र दीर्घकालीन साझेदारीका रूपमा अगाडि बढाउनेछौँ ।”

बौद्ध क्षेत्रमा रहेको उत्पला क्याफे शाकाहारी परिकार, शान्त वातावरण र आतिथ्य सेवाका लागि परिचित छ । क्याफेले स्थानीय तथा विदेशी ग्राहकलाई लक्षित गर्दै विभिन्न परिकार र सेवा प्रदान गर्दै आएको छ ।

राष्ट्रियखबर र उत्पला क्याफेबीचको यो सम्झौताले डिजिटल सञ्चारमाध्यममार्फत व्यावसायिक प्रचारप्रसारलाई थप व्यवस्थित बनाउनुका साथै सञ्चारमाध्यम र निजी क्षेत्रबीच सहकार्यको नयाँ सम्भावना अघि बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

slot gacor