काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका नगरवासीलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने लक्ष्यसहित ‘भैमाल–गोठाटार सहलगानी खानेपानी आयोजना (प्याकेज ३)’ को सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
नगर प्रमुख उपेन्द्र कार्कीको विशेष पहल तथा नेतृत्वमा आयोजना अघि बढाउन सम्झौता गरिएको हो। यससँगै नगरवासीले वर्षौँदेखि भोग्दै आएको खानेपानी समस्याको दीर्घकालीन समाधानतर्फ महत्वपूर्ण कदम अघि बढेको नगरपालिकाले जनाएको छ।
आयोजना सम्पन्न भएपछि सम्बन्धित क्षेत्रका नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने अपेक्षा गरिएको छ। नगरपालिकाले निर्धारित समयभित्र उच्च गुणस्तर कायम गर्दै आयोजना सम्पन्न गर्न प्रतिबद्धता व्यक्त गरेको छ।
नगर प्रमुख कार्कीको नेतृत्वमा अघि बढाइएको यस आयोजनालाई खानेपानी सेवाको पहुँच विस्तार, नागरिकको जीवनस्तर सुधार तथा नगरको पूर्वाधार विकाससँग जोडेर हेरिएको छ। आयोजना प्रभावकारी रूपमा सम्पन्न भएमा स्थानीयवासीको दैनिक जीवन सहज बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया