शिक्षामा बुढानीलकण्ठ नगरपालिका बागमती प्रदेशकै उत्कृष्ट घोषित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२४ आश्विन २०८३, शनिबार ०७:२८

काठमाडौं । बुढानीलकण्ठ नगरपालिका शिक्षाको क्षेत्रमा बागमती प्रदेशकै उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भएको छ। PAN Nepal ले गठन गरेको स्वतन्त्र विज्ञ मूल्यांकन समितिले गरेको मूल्यांकनका आधारमा नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो।

प्रा. डा. विद्यानाथ कोइरालाको संयोजकत्वमा रामप्रसाद सुवेदी र नन्दकुमारी महर्जन सदस्य रहेको समितिले विभिन्न सूचकका आधारमा मूल्यांकन गरी नतिजा सार्वजनिक गरेको हो।

देशभरका विभिन्न प्रदेशबाट छनोट भएका उत्कृष्ट प्रधानाध्यापक, विद्यालय तथा पालिकालाई PAN Nepal को आयोजनामा आगामी मंसिर ४ देखि ६ गतेसम्म जनकपुरमा हुने तेस्रो राष्ट्रिय सम्मेलनमा सम्मान गर्ने कार्यक्रम रहेको छ।

यसअघि शिक्षालय नेशनल म्यागजिनले गरेको २०८० सालको मूल्यांकनमा पनि बुढानीलकण्ठ नगरपालिका नेपालभरिबाट उत्कृष्ट नगरपालिकाका रूपमा छनोट भई पुरस्कृत भएको थियो। लगातार विभिन्न मूल्यांकनमा उत्कृष्ट छनोट हुनुले नगरपालिकाले शिक्षा क्षेत्रमा अघि सारेका कार्यक्रम र सुधारका प्रयासलाई थप चर्चामा ल्याएको छ।

बुढानीलकण्ठ नगरपालिकाले विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि र शैक्षिक व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यले विभिन्न नवीन कार्यक्रम सञ्चालन गर्दै आएको छ।

नगरपालिकाले प्रारम्भ गरेको शिक्षक बैंक, सघन शिक्षण–सिकाइ सेसन, प्रधानाध्यापक, शिक्षक तथा कर्मचारीसँग कार्यसम्पादन करार, रोजगार तथा वृत्ति मार्गदर्शन मेला, रमाइलो शुक्रबार, शिक्षक सम्मेलन र विद्यार्थी सशक्तीकरणजस्ता कार्यक्रमलाई शैक्षिक सुधारका महत्वपूर्ण प्रयासका रूपमा लिइएको छ।

त्यसैगरी, कक्षा १० सम्म दिवा खाजा कार्यक्रम, सबै विद्यालयमा स्काउट, सर्वोत्कृष्ट नगर शिक्षक सम्मान, शिक्षण–सिकाइको प्राविधिक परीक्षण, अन्तरपालिका शैक्षिक साझेदारी तथा सार्वजनिक–निजी विद्यालय साझेदारी कार्यक्रम पनि नगरपालिकाका प्रमुख शैक्षिक पहलमा समेटिएका छन्।

विद्यालय र प्रधानाध्यापकको मूल्यांकन तथा स्तरीकरणमार्फत शैक्षिक संस्थाहरूको कार्यसम्पादन सुधार गर्ने प्रयाससमेत नगरपालिकाले अघि बढाएको छ।

शिक्षकको क्षमता विकास, विद्यार्थीको सिकाइ उपलब्धि, विद्यालयको व्यवस्थापन र शैक्षिक संस्थाबीच सहकार्य विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका यस्ता कार्यक्रमले बुढानीलकण्ठ नगरपालिकाको शैक्षिक पहिचान थप बलियो बनाएको छ। उत्कृष्ट नगरपालिकाका रूपमा प्राप्त यो छनोटले आगामी दिनमा शिक्षा क्षेत्रका सुधार कार्यक्रमलाई निरन्तरता दिन थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor