काठमाडौं–२ प्रदेश ‘क’ सभापतिमा चन्द्रज्योति खतिवडाको दाबी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० आश्विन २०८३, शनिबार ०७:५२

काठमाडौं । नेपाली कांग्रेस काठमाडौंकी सक्रिय जिल्ला सदस्य चन्द्रज्योति खतिवडा (चन्दा) ले नेपाली कांग्रेसको जारी अधिवेशनअन्तर्गत काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’को प्रदेश सभापति पदमा आफ्नो दाबी प्रस्तुत गरेकी छन्।

करिब २५ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय खतिवडा लामो राजनीतिक अनुभव, संगठनप्रतिको निरन्तर प्रतिबद्धता र महिला तथा नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोड्नुपर्ने आवश्यकतालाई आफ्नो उम्मेदवारीको आधारका रूपमा अघि सारेकी छन्।

खतिवडाले कांग्रेसको वर्तमान राजनीति बदलिँदो परिस्थितिसँगै नयाँ सोच, नयाँ शैली र पुस्तान्तरणको दिशामा अघि बढ्नुपर्ने बताएकी छन्। उनका अनुसार पार्टीमा लामो समय योगदान दिएका अनुभवी पुस्ताको सम्मानसँगै युवापुस्ताको ऊर्जा, क्षमता र नयाँ अपेक्षालाई नेतृत्व तहमा स्थान दिन सके मात्र कांग्रेसलाई थप गतिशील बनाउन सकिन्छ।

“कांग्रेसको राजनीतिमा करिब २५ वर्षदेखि निरन्तर सक्रिय छु। अहिले पार्टी नयाँ चरणमा प्रवेश गरेको छ। यो अवस्थामा महिलाको सहभागिता र नेतृत्वलाई अझ बलियो बनाउन आवश्यक छ। त्यसैले काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’को प्रदेश सभापतिमा मेरो दाबी हो,” खतिवडाले भनिन्।

उनले महिलालाई केवल सहभागितामा सीमित नराखी निर्णायक नेतृत्वको भूमिकामा पुर्‍याउन कांग्रेसले विशेष प्राथमिकता दिनुपर्ने बताइन्। पार्टी संगठन निर्माणदेखि सामाजिक अभियानसम्म महिलाले पुर्‍याउँदै आएको योगदानलाई नेतृत्व तहमा रूपान्तरण गर्नुपर्ने उनको भनाइ छ।

“महिलालाई अवसर दिने कुरा भाषणमा मात्र होइन, व्यवहारमै देखिनुपर्छ। पार्टीको हरेक तहमा महिलाको अर्थपूर्ण सहभागिता र नेतृत्व सुनिश्चित गर्नुपर्छ,” खतिवडाले भनिन्।

खतिवडा पछिल्लो समय कांग्रेसभित्र देखिएको पुस्तान्तरण, संगठन सुदृढीकरण र नयाँ राजनीतिक संस्कारको बहससँगै सक्रिय देखिएकी छन्। उनी कांग्रेस सभापति गगनकुमार थापाको नेतृत्वमा अघि बढिरहेको नयाँ राजनीतिक दिशाको पक्षमा उभिँदै आएकी नेतृका रूपमा पनि परिचित छन्।

नेपाली कांग्रेसले १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला पार्टी नेतृत्वले नयाँ पुस्ताका आकांक्षालाई सम्बोधन गर्दै अघि बढ्नुपर्ने विषयलाई प्राथमिकतामा राखेको छ। सभापति गगन थापाले पनि नयाँ पुस्ताको चाहना र परिवर्तनको आकांक्षालाई सम्बोधन गर्ने कांग्रेस निर्माण गर्नुपर्ने बताउँदै आएका छन्।

खतिवडाको उम्मेदवारीलाई पनि काठमाडौं–२ मा महिला नेतृत्वलाई थप सक्रिय बनाउने तथा नयाँ पुस्तासँग कांग्रेसको सम्बन्ध बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ। लामो समय संगठनमा काम गरेको अनुभव र पछिल्लो पुस्तासँग संवाद गर्न सक्ने क्षमता आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण पक्ष भएको खतिवडाको भनाइ छ।

“अबको कांग्रेस पुरानो अनुभवलाई सम्मान गर्दै नयाँ पुस्ताको भावना र अपेक्षालाई आत्मसात् गरेर अघि बढ्नुपर्छ। महिलालाई नेतृत्वमा ल्याउने र युवालाई अवसर दिने कांग्रेस नै समयअनुकूल कांग्रेस बन्न सक्छ,” उनले भनिन्।

यसै सन्दर्भमा काठमाडौं क्षेत्र नं. २ प्रदेश ‘क’मा  सभापतिको दाबी प्रस्तुत गरेकी खतिवडाले आफ्नो लामो राजनीतिक अनुभवलाई संगठन सुदृढीकरण, महिला सहभागिता विस्तार र नयाँ पुस्तालाई कांग्रेससँग जोड्ने अभियानमा प्रयोग गर्ने बताएकी छन्।

उनको दाबीले काठमाडौं–२ को कांग्रेसभित्र महिला नेतृत्व र पुस्तान्तरणको बहसलाई समेत थप चर्चामा ल्याएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor