भोटेकोशी बाढीमा बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले ५० हजार राहत दिने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८३, शुक्रबार ०६:५१

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारलाई तत्काल ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समिति बैठकले बेपत्ता कर्मचारी तथा कामदारका नजिकका हकवालालाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार बाढीमा प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्। उनीहरूका परिवारलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने निर्णय गरिएको हो।

बैठकले स्थायी कर्मचारीका परिवारलाई थप निर्वाह खर्च उपलब्ध गराउने निर्णयसमेत गरेको छ। जसअनुसार बेपत्ता कर्मचारीको तहको सुरु तलबमानको ५० प्रतिशत रकम भदौदेखि बढीमा ६ महिनासम्म परिवारलाई उपलब्ध गराइनेछ।

बाढीका कारण आफ्ना सदस्य गुमाएका तथा लामो समयदेखि बेपत्ताको अवस्थाबारे अनिश्चितता व्यहोर्दै आएका परिवारलाई तत्कालीन राहत तथा निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो निर्णय गरिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor