साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको नयाँ Biz24 Managed Wi-Fi Solution

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ भाद्र २०८३, शुक्रबार ०६:१०

काठमाडौं । नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (SME) का लागि नेपालकै पहिलो Managed Wi-Fi Solution का रूपमा Biz24 सेवा सार्वजनिक गरेको छ।

व्यवसायिक परिसरका हरेक कुनासम्म समान र भरपर्दो Wi-Fi कभरेज उपलब्ध गराउने तथा क्लाउडमार्फत नेटवर्क व्यवस्थापन गर्न सकिने गरी Biz24 तयार गरिएको वर्ल्डलिंकले जनाएको छ। सेवामा ग्राहकका समस्या छिटो समाधान गर्न Priority Support समेत उपलब्ध हुनेछ।

वर्ल्डलिंकका अनुसार साना तथा मध्यम व्यवसाय सञ्चालकसँगको प्रत्यक्ष छलफल तथा फिल्डमा विभिन्न चरणमा गरिएको परीक्षणपछि Biz24 विकास गरिएको हो। विशेषगरी एउटै राउटरमा निर्भर हुँदा व्यवसायिक परिसरका सबै स्थानमा Wi-Fi नपुग्ने, महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा नेटवर्कको अवस्थाबारे पर्याप्त जानकारी नहुने समस्यालाई समाधान गर्ने उद्देश्यले यो सेवा ल्याइएको हो।

व्यवसायको आवश्यकताअनुसार Managed Wi-Fi

वर्ल्डलिंक कम्युनिकेसन्सका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीले धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट कनेक्सनमा निर्भर रहेको बताए।

“यिनै चुनौतीहरूको समाधानका रूपमा Biz24 ल्याइएको हो। यसले व्यवसायहरूलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको कनेक्टिभिटी प्रदान गर्छ,” राजभण्डारीले भने।

उनका अनुसार क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो तथा को–वर्किङ अफिसजस्ता व्यवसायका आवश्यकतालाई ध्यानमा राखेर Biz24 डिजाइन गरिएको हो।

व्यवसायको हरेक कुनामा Wi-Fi कभरेज

Biz24 ले व्यवसायिक परिसरको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त Wi-Fi Solution योजना तथा सुझाव प्रदान गर्ने वर्ल्डलिंकले जनाएको छ।

एउटै राउटरमा मात्र निर्भर रहनुको सट्टा व्यवसायको आवश्यकताअनुसार नेटवर्क विस्तार गर्न सकिने भएकाले कार्यालय तथा व्यवसायिक परिसरका विभिन्न स्थानमा समान र भरपर्दो Wi-Fi कभरेज सुनिश्चित गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

Priority Support सहितको सेवा

व्यवसाय सञ्चालनमा इन्टरनेटको महत्वपूर्ण भूमिका हुने भएकाले इन्टरनेट अवरुद्ध हुँदा प्रत्यक्ष रूपमा व्यवसाय प्रभावित हुन सक्छ। यही विषयलाई ध्यानमा राख्दै Biz24 ग्राहकका लागि द्रुत तथा प्राथमिकतायुक्त Priority Support उपलब्ध गराइएको छ।

ग्राहकले सेवासम्बन्धी तत्काल सहायता आवश्यक परे ०१–५९७००४० मा सम्पर्क गर्न सक्नेछन्।

२०० Mbps देखि १ Gbps सम्मको गति

Biz24 Rise, Grow र Pro गरी तीनवटा तहमा उपलब्ध रहेको छ। यी प्याकेजमार्फत २०० Mbps देखि १ Gbps सम्मको उच्च गतिको इन्टरनेट कनेक्टिभिटी उपलब्ध हुने कम्पनीले जनाएको छ।

व्यवसायको आकार, कर्मचारी तथा ग्राहकको संख्या र आवश्यकताअनुसार नेटवर्क विस्तार गर्न सकिने भएकाले व्यवसाय बढ्दै जाँदा कनेक्टिभिटीलाई पनि सोहीअनुसार विस्तार गर्न सहज हुने बताइएको छ।

Public Static IP समेत उपलब्ध

Biz24 मा Public Static IP समेत समावेश गरिएको छ। CCTV, विभिन्न व्यवसायिक सफ्टवेयर तथा अन्य IT सेवाहरू सञ्चालनका लागि Public Static IP आवश्यक पर्ने व्यवसायका लागि यो सुविधा उपयोगी हुने कम्पनीको भनाइ छ।

वार्षिक मूल्य ३० हजार रुपैयाँबाट सुरु

Biz24 को वार्षिक मूल्य ३० हजार रुपैयाँबाट सुरु हुने वर्ल्डलिंकले जनाएको छ। उक्त मूल्यमा १३ प्रतिशत VAT समावेश गरिएको छैन।

सबै Biz24 प्याकेजमा Business-Grade Router, Public Static IP तथा Priority Support समावेश गरिएको छ।

देशभरका नयाँ तथा नवीकरण गर्ने ग्राहकलाई उपलब्ध

वर्ल्डलिंकका अनुसार Biz24 सेवा नयाँ ग्राहकका साथै सेवा नवीकरण गर्ने ग्राहकका लागि समेत देशभर उपलब्ध हुनेछ।

मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, को–वर्किङ स्पेस तथा अन्य साना तथा मध्यम आकारका व्यवसायलाई लक्षित गरिएको Biz24 ले व्यवसायिक क्षेत्रका लागि भरपर्दो, व्यवस्थित र विस्तार गर्न सकिने इन्टरनेट कनेक्टिभिटी उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor