देवीघाटमा एक्रो ब्रिज जडान सम्पन्न, भोलिदेखि पैदलयात्रु र पर्सिदेखि सवारीसाधन सञ्चालन हुने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ भाद्र २०८३, बिहीबार ०६:४३

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण पक्की पुल बगाएपछि यातायात सम्पर्कविहीन बनेको नुवाकोटको देवीघाट क्षेत्रमा नेपाली सेनाले निर्माण गरेको एक्रो ब्रिज जडानको काम सम्पन्न भएको छ।

पक्की पुल बगाएपछि देवीघाट क्षेत्रमा यातायात सञ्चालन ठप्प बनेको अवस्थामा नेपाली सेनाले पाँच दिनअघि एक्रो ब्रिज जडानको काम सुरु गरेको थियो। सेनाको टोलीले निरन्तर खटिएर छोटो समयमै पुल जडान कार्य सम्पन्न गरेको हो।

नयाँ पुल जडान सम्पन्न भएसँगै भोलिदेखि पैदलयात्रीका लागि आवतजावत खुला गरिने भएको छ। त्यसैगरी पर्सिदेखि सवारीसाधनसमेत सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

छोटो समयमै पुल निर्माण, स्थानीयलाई ठूलो राहत

भोटेकोशीको बाढीले देवीघाटमा रहेको पक्की पुल बगाएपछि नुवाकोट तथा आसपासका क्षेत्रको यातायात सम्पर्कमा गम्भीर समस्या उत्पन्न भएको थियो। पुल नहुँदा स्थानीयवासी, व्यापारी, यात्रु तथा दैनिक आवतजावत गर्ने नागरिकले लामो दूरीको वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने बाध्यता थियो।

तर नेपाली सेनाले आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै पाँच दिनमै एक्रो ब्रिज जडानको काम सम्पन्न गरेपछि स्थानीयवासीमा राहतको अनुभूति भएको छ।

पुल सञ्चालनमा आएपछि देवीघाट क्षेत्रको आवागमन सहज हुनुका साथै स्थानीय व्यापार–व्यवसाय, दैनिक उपभोग्य वस्तुको ढुवानी तथा नागरिकको नियमित आवतजावतमा समेत सहजता आउने अपेक्षा गरिएको छ।

विपद्का कारण क्षतिग्रस्त महत्वपूर्ण पूर्वाधारलाई छोटो समयमै वैकल्पिक संरचनामार्फत सञ्चालनमा ल्याउन नेपाली सेनाले गरेको कामले प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन महत्वपूर्ण योगदान पुगेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor