IPDF को सौन्दर्य तथा सीप विकास विभागको संयोजकमा सुमी रञ्जित

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८३, शुक्रबार ०६:५१

काठमाडौं । International Project Development Forum (IPDF) ले सुमी रञ्जितलाई Beauty & Skill Development Division को संयोजकमा नियुक्त गरेको छ।

सौन्दर्य तथा सीप विकासमार्फत व्यक्तिको क्षमता अभिवृद्धि, आत्मनिर्भरता, रोजगारी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यले IPDF ले रञ्जितलाई उक्त जिम्मेवारी दिएको हो।

यस विभागले सौन्दर्यसम्बन्धी सीप, व्यावसायिक तालिम, क्षमता विकास, महिला तथा युवालाई लक्षित सीपमूलक कार्यक्रम र आत्मनिर्भरता प्रवर्द्धनका गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेको छ।

नियुक्तिपछि सुमी रञ्जितले आफूलाई विश्वास गरी महत्वपूर्ण जिम्मेवारी प्रदान गरेकोमा IPDF अध्यक्ष मुकुन्द ढुंगाना तथा सम्पूर्ण संस्थालाई धन्यवाद दिँदै सीप विकास र सौन्दर्य क्षेत्रलाई व्यवस्थित तथा व्यावसायिक बनाउने अभियानमा सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।

IPDF अध्यक्ष मुकुन्द ढुंगानाले रञ्जितलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उनको नेतृत्वले सीप विकास, आत्मनिर्भरता र व्यक्तित्व विकासमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।

ढुंगानाले IPDF का सम्पूर्ण विभागीय प्रमुखहरूलाई जिम्मेवारी प्राप्त गरेकोमा बधाई दिँदै संस्थाको उद्देश्यलाई प्रभावकारी रूपमा अघि बढाउन सबैको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रतिक्रिया

Leave a Reply

slot gacor