जया मल्टिपल क्याम्पस र राष्ट्रियखबर डटकमबीच मिडिया सहकार्यलाई निरन्तरता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ श्रावण २०८३, बिहीबार ०६:१९

काठमाडौं। जया मल्टिपल क्याम्पस र बोस्टर मिडिया प्रालिद्वारा सञ्चालित राष्ट्रियखबर डटकमबीच शैक्षिक, सामाजिक, सिर्जनात्मक तथा संस्थागत गतिविधिहरूको प्रभावकारी प्रचार–प्रसार तथा डिजिटल सञ्चार सहकार्यलाई निरन्तरता दिने उद्देश्यले मिडिया सहकार्य सम्झौता सम्पन्न भएको छ।

जया मल्टिपल क्याम्पस र राष्ट्रियखबर डटकमबीच विगत १० वर्षदेखि मिडिया साझेदार (Media Partner) का रूपमा सहकार्य हुँदै आएको छ। सोही सहकार्यलाई थप व्यवस्थित, प्रभावकारी र दीर्घकालीन बनाउने उद्देश्यले दुवै पक्षबीच सम्झौतामा हस्ताक्षर गरिएको हो।

सम्झौतापत्रमा जया मल्टिपल क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख भवानी प्रसाद पौडेल तथा राष्ट्रियखबर डटकमका तर्फबाट सञ्चालक मुकुन्द ढुंगानाले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार राष्ट्रियखबर डटकमले क्याम्पसका शैक्षिक गतिविधि, विद्यार्थी तथा शिक्षकका उपलब्धि, अनुसन्धान, सामाजिक योगदान, सिर्जनात्मक कार्यक्रम तथा संस्थागत गतिविधिहरूलाई समाचार, विशेष रिपोर्ट, अन्तर्वार्ता, फोटो तथा भिडियो कभरेज तथा सामाजिक सञ्जालमार्फत व्यापक रूपमा प्रचार–प्रसार गर्नेछ। साथै क्याम्पस परिचय, विशेष सामग्री निर्माण तथा वार्षिक गतिविधिको डिजिटल अभिलेखीकरणमा समेत सहकार्य गर्नेछ।

त्यसैगरी, जया मल्टिपल क्याम्पसले कार्यक्रम तथा गतिविधिसम्बन्धी आवश्यक सूचना, तथ्य तथा विवरण उपलब्ध गराउने, समाचार तथा कभरेजका लागि आवश्यक समन्वय गर्ने तथा मिडिया सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक सहयोग गर्नेछ।

सम्झौताअनुसार दुवै संस्थाबीचको मिडिया सहकार्यलाई निरन्तरता दिइनेछ। सेवा शुल्क भने दुवै पक्षको आपसी समझदारीअनुसार निर्धारण गरिने व्यवस्था गरिएको छ।

सम्झौतापछि क्याम्पस प्रमुख भवानी प्रसाद पौडेलले सूचना प्रविधिको तीव्र विकाससँगै शैक्षिक संस्थाहरूका गतिविधिलाई प्रभावकारी रूपमा समाजमाझ पुर्‍याउन सञ्चार माध्यमको भूमिका अझ महत्वपूर्ण बन्दै गएको बताए। उनले राष्ट्रियखबर डटकमसँग विगत एक दशकदेखि रहेको सहकार्यले क्याम्पसका शैक्षिक उपलब्धि, अनुसन्धान, विद्यार्थीका प्रतिभा तथा संस्थागत गतिविधिलाई राष्ट्रिय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा पनि यो सहकार्य अझ सशक्त हुने विश्वास व्यक्त गरे।

राष्ट्रियखबर डटकमका सञ्चालक मुकुन्द ढुंगानाले जया मल्टिपल क्याम्पससँगको दशकौँदेखिको सहकार्यलाई औपचारिक रूपमा थप सुदृढ बनाएको बताए। उनले तथ्यपरक, विश्वसनीय र जिम्मेवार पत्रकारितामार्फत क्याम्पसका सकारात्मक गतिविधि, उपलब्धि, अनुसन्धान, नवप्रवर्तन तथा विद्यार्थीका सिर्जनात्मक कार्यलाई प्राथमिकताका साथ राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।

दुवै पक्षले यस सहकार्यले जया मल्टिपल क्याम्पसको शैक्षिक गतिविधि, उपलब्धि तथा सकारात्मक पहिचानलाई अझ प्रभावकारी रूपमा राष्ट्रिय तथा डिजिटल माध्यममा प्रवर्द्धन गर्दै संस्थाको सार्वजनिक छवि सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

slot gacor