काठमाडौं । काठमाडौं जिल्ला अदालतले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी लगायत अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले ठगी, संगठित अपराध तथा राज्यविरुद्धको कसुरसम्बन्धी मुद्दामा सुनुवाइ गर्दै बालकृष्ण खाँण, टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, टेकनाथ रिजाल, सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, गोविन्द चौधरी, सागर राई, शम्सेर मियाँ, आङटावा शेर्पा, डा. इन्द्रजीत राई, नरेन्द्र केसी, हरिभक्त महर्जन र निरञ्जनकुमार खरेल सहित अधिकांश अभियुक्तलाई दोषी ठहर गरेको हो।
अदालतले यस प्रकरणमा अभियुक्त बनाइएका ७ जनालाई भने सफाइ दिएको छ। सफाइ पाउनेमा टंककुमार गुरुङ, सन्दीप रायमाझी, रामशरण केसी, आशिष बुढाथोकी, लक्ष्मी महर्जन, केशव तुलाधर र प्रतीक थापा रहेका छन्।
अदालतले सार्वजनिक गरेको निर्णयअनुसार केही अन्य अभियुक्तबारे फैसला वा कसुरसम्बन्धी विवरण भने सार्वजनिक सूचीमा उल्लेख गरिएको छैन।
दोषी ठहर भएका अभियुक्तहरूको सजाय निर्धारण (सजाय सुनुवाइ) भने अदालतको आगामी आदेशमार्फत गरिनेछ। सजाय निर्धारणपछि प्रत्येक अभियुक्तले पाउने कैद तथा जरिवानाको विवरण सार्वजनिक हुने अदालतले जनाएको छ।
प्रतिक्रिया