नापी कार्यालय चाबहिलका अमिन ६० हजार रुपैयाँ घुससहित पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३ असार २०८३, बुधबार ०५:२५

काठमाडौं । नापी कार्यालय चाबहिल अन्तर्गत २ नं. नापी टोलीमा कार्यरत अमिन टोपजंग खत्री घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार जग्गा हालसाबिक गरी जग्गाधनी पुर्जा बनाइदिन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले खत्रीलाई मंगलबार गोकर्णेश्वर नगरपालिका–४, माकलबारीस्थित कार्यालय परिसरबाट नियन्त्रणमा लिएको जनाएको छ।

सेवाग्राहीबाट प्राप्त उजुरीका आधारमा गरिएको निगरानीपछि घुस लेनदेन भइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। पक्राउ परेका खत्रीमाथि भ्रष्टाचार निवारण ऐनअनुसार थप अनुसन्धान भइरहेको छ।

सार्वजनिक सेवा प्रवाहका क्रममा सेवाग्राहीसँग अनियमित रूपमा रकम माग्ने तथा घुस लिने गतिविधिविरुद्ध अख्तियारले निगरानी र कारबाहीलाई निरन्तरता दिएको जनाएको छ। यस घटनाले सरकारी कार्यालयहरूमा सुशासन र पारदर्शिताको आवश्यकता अझ उजागर गरेको छ।

प्रतिक्रिया

Leave a Reply

slot gacor