बुढानिलकण्ठमा स्वास्थ्य व्यवस्थापन तथा सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१९ चैत्र २०८२, बिहीबार ०९:३१

काठमाडौँ । बुढानिलकण्ठ नगरपालिका, वडा नं ११ को सभाहलमा जनस्वास्थ्य महासाखाको आयोजनामा स्वास्थ्य व्यवस्थापन तथा सचेतना कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा १०० भन्दा बढी सहभागीहरू उपस्थित भएका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रूपमा नगर उपप्रमुख अनीता लामा रहिन्। कार्यक्रमको समन्वयक का रूपमा जनस्वास्थ्य महासाखा प्रमुख कुमार दाहाल र कार्यक्रम सञ्चालनमा वडा अध्यक्ष राजु अधिकारी को सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्धेश्य स्वास्थ्य सम्बन्धी जनचेतना फैलाउने, स्थानीय स्वास्थ्य सेवाको पहुँच र गुणस्तरबारे जानकारी दिने तथा स्वास्थ्य व्यवस्थापनमा समुदायको सहभागिता सुनिश्चित गर्नु रहेको थियो। सहभागीहरूले स्वच्छता, पोषण, व्यक्तिगत स्वास्थ्य, रोगनिरोधक उपाय र स्वास्थ्य सेवा पहुँचबारे जानकारी प्राप्त गरेका थिए।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य सचेतना र स्वास्थ्य व्यवस्थापनका बारेमा विभिन्न सुझावहरू राखेका थिए। आयोजक जनस्वास्थ्य महासाखाले यस कार्यक्रममार्फत स्वास्थ्य व्यवस्थापनमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्ने र स्वास्थ्य सम्बन्धी सचेतनामा वृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ।

प्रतिक्रिया

Leave a Reply