काठमाडौं : कान्तिपुर एकेडेमी र Summit Technology बीच शैक्षिक सहकार्य विस्तारको सम्झौता

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०८२, सोमबार ०८:१०

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–५ स्थित कान्तिपुर एकेडेमी र अमेरिकास्थित Summit Technology Academy बीच शैक्षिक सहकार्य विस्तार गर्ने उद्देश्यका साथ सम्झौता भएको छ।

सम्झौतामा Summit Technology का प्रमुख Jeremy Bonesen र कान्तिपुर एकेडेमीका प्रमुख Kabir Sharma ले हस्ताक्षर गरेका थिए। सम्झौता कार्यक्रमको अवसरमा बोल्दै कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की ले शैक्षिक क्षेत्रमा नयाँ अवसर र अन्तर्राष्ट्रिय सहकार्यले विद्यार्थीहरूका लागि ज्ञान र सीप विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

यस सम्झौताले स्थानीय विद्यार्थीलाई विश्वस्तरीय शैक्षिक स्रोत र प्रविधिसँग जोड्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply