काठमाडौं । जिल्ला अदालत काठमाडौंले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा पूर्वऊर्जामन्त्री दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अदालतले आइतबारदेखि लागू हुने गरी उक्त म्याद थपको अनुमति दिएको हो। अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठका अनुसार अनुसन्धान कार्य बाँकी रहेकाले हिरासतमा राख्न अनुमति प्रदान गरिएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार बिहान खड्कालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। हाल उनको बयान लिने प्रक्रिया सुरु भइसकेको जनाइएको छ।
अदालतको आदेशमा खड्काविरुद्ध प्रमाण संकलन तथा थप बयान लिन आवश्यक रहेको उल्लेख गर्दै अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिइएको जनाइएको छ।
खड्काविरुद्ध भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा उनको निवासमा जलेका नोट भेटिएको घटनासँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया