बालश्रम प्रकरणमा लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा पक्राउ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ चैत्र २०८२, सोमबार ०७:१८

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मा बालश्रम गराएको आरोपमा पक्राउ परेकी छन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय को टोलीले धुम्बाराहीबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार शर्माले एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ। उक्त घटनासम्बन्धी फाइल जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौं हुँदै उच्च सरकारी वकिलको कार्यालयमार्फत महान्यायाधिवक्ताको कार्यालय पुगेको थियो।

बालिकाको उद्धारका क्रममा महानगरपालिकाको नगरप्रहरी, वडाका प्रतिनिधि तथा प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार पारेका थिए।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया

slot gacor