काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका सभाहलमा Nepal Stroke Association (NSA) को आयोजनामा अन्तर्राष्ट्रिय मिर्गी (Epilepsy) दिवस २०२६ को अवसरमा “मिर्गी तथा पक्षघात सम्बन्धी सचेतना कार्यक्रम” आयोजना गरिँदैछ।
कार्यक्रममा मिर्गी र पक्षघातसम्बन्धी जनचेतना फैलाउने, रोगको पहिचान, रोकथाम र उपचारबारे जानकारी दिने उद्देश्य राखिएको छ।
संस्था र नगरपालिका प्रशासनले सबै नागरिकलाई कार्यक्रममा उपस्थित भई स्वास्थ्य सचेतना कार्यक्रममा सहभागी हुन अनुरोध गरेका छन्।
कार्यक्रम मार्फत समाजमा मिर्गी र पक्षघात सम्बन्धी पूर्वाग्रह हटाउने र उपचारमा पहुँच बढाउने प्रयास हुनेछ।
प्रतिक्रिया