काठमाडौँ। बुढानीलकण्ठ नगरपालिका र ह्याम्स (HAMS) अस्पताल बीच स्वास्थ्य सेवा सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ।
सम्झौताअनुसार, नगरपालिकाभित्र स्थायी बसोबास गर्ने सबै नागरिकले ह्याम्स अस्पतालबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा विशेष सहुलियत प्राप्त गर्नेछन्।
नगरपालिकाले यस पहललाई नागरिकको स्वास्थ्य पहुँच सुधार र उपचार सहज बनाउन लक्षित गरिएको जनाएको छ। सम्झौताले स्थानिय नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सुलभ र किफायती बनाउने अपेक्षा गरिएको छ।
अस्पतालले पनि सहुलियतको व्यवस्था मार्फत नागरिकको स्वास्थ्य सेवा प्रवाहमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया