काठमाडौं। कागेश्वरी मनोहरा नगर अस्पताल ले सेवाग्राहीहरूलाई सहज, छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालमै प्याथोलोजी सेवा सञ्चालनमा ल्याएको छ।
नयाँ सेवासँगै अब सबै प्रकारका परीक्षणहरू अस्पतालमै अनुभवी चिकित्सकबाट गरिने भएकाले सेवाग्राहीहरूले छिटो, भरपर्दो र गुणस्तरीय रिपोर्ट प्राप्त गर्न सक्नेछन्।
अस्पताल प्रशासनका अनुसार यसले रोग पहिचान (डायग्नोसिस) प्रक्रियालाई अझ प्रभावकारी र तीव्र बनाउने विश्वास गरिएको छ। यसअघि केही नमुनाहरू बाह्य प्रयोगशालामा पठाउनुपर्ने भएकाले रिपोर्ट आउन ढिलाइ हुने गरेको थियो।
उक्त सेवा भोलिदेखि नियमित रूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ। कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. प्रमिला वैद्य ले हरेक दिन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा प्रदान गर्नेछिन्।
अस्पतालले यस सेवाबाट स्थानीय बासिन्दाहरूलाई विशेष लाभ पुग्ने र समग्र स्वास्थ्य सेवाको स्तर अझ सुदृढ हुने अपेक्षा गरेको छ।
प्रतिक्रिया