निशुल्क सिताके च्याउ खेती तालिमका लागि आवेदन खुला

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ चैत्र २०८२, आईतवार ०६:५९

काठमाडौं ।  कागेश्वरी मनोहरा नगरपालिका ले निशुल्क “सिताके च्याउ खेती तालिम” मा सहभागी हुन इच्छुक नागरिकहरूका लागि आवेदन खुला गरेको छ।

नगरपालिकाको रोजगार सेवा केन्द्रमार्फत सञ्चालन हुने उक्त तालिम श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमको स्वीकृत बजेटमा सञ्चालन हुन लागेको हो।

सूचनाअनुसार ७ दिने छोटो अवधिको तालिममा ५० जनालाई सहभागी गराइनेछ। तालिम लिन इच्छुक १८ वर्ष पूरा भई ५५ वर्ष ननाघेका नागरिकहरूले १ प्रति पासपोर्ट साइज फोटो र नेपाली नागरिकताको प्रतिलिपिसहित आवेदन दिन सक्नेछन्।

तालिमका लागि न्यूनतम योग्यता सामान्य लेखपढ भएको हुनुपर्ने उल्लेख गरिएको छ। आवेदन फाराम बुझाउने अन्तिम मिति २०८२ चैत १२ गतेसम्म तोकिएको छ भने तालिम चैत १६ गते बिहान ११ बजेबाट सुरु हुनेछ। तालिम स्थल वडा नं. ४ स्थित सिताके प्लट (सिमखडा गाउँ) रहने जनाइएको छ।

तालिममा सहभागीलाई खाजा तथा यातायात खर्चसमेत उपलब्ध गराइनेछ। साथै तालिम पूरा गर्ने सहभागीहरूलाई मात्र प्रमाणपत्र प्रदान गरिने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले सूचीकृत बेरोजगारलाई प्राथमिकता दिइने उल्लेख गर्दै इच्छुक व्यक्तिलाई समयमै आवेदन दिन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply