निर्वाचनका दिन पर्यटकका सवारी सञ्चालन गर्न दुई दिनअघि अनुमति लिनुपर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ फाल्गुन २०८२, बिहीबार ०६:४४

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन पर्यटकको आवागमन सहज बनाउन सम्बन्धित निकायबाट पूर्वअनुमति लिएर सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले जारी गरेको ‘सवारी साधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ अनुसार निर्वाचनका दिन कुनै पनि राष्ट्रिय वा अन्तर्राष्ट्रिय हवाइ उडान नरोकिने भएकाले पर्यटकको आवागमनका लागि सवारी साधन सञ्चालन गर्न अनुमति दिने प्रावधान राखिएको हो।

आयोगका प्रवक्ता **नारायणप्रसाद भट्टराई**का अनुसार पर्यटक बोक्ने सवारी साधन सञ्चालन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट र काठमाडौँ उपत्यकाको हकमा आयोगबाट कम्तीमा दुई दिनअघि अनुमति लिनुपर्नेछ।

राजमार्ग र अत्यावश्यक सेवामा विशेष व्यवस्था

कार्यविधिमा राजमार्गमा चल्नुपर्ने सवारी साधनको आवागमनलाई समेत व्यवस्थित गर्ने प्रावधान समावेश गरिएको छ।

त्यसैगरी अत्यावश्यक सेवा, कूटनीतिक नियोग तथा मानव अधिकार आयोगका सवारी साधनबाहेक अन्य सवारी साधनहरू पनि पूर्वअनुमति लिएर सञ्चालन गर्न सकिने व्यवस्था गरिएको आयोगले जनाएको छ।

निर्वाचन अवधिमा सवारी साधनको प्रयोग नियन्त्रित गरिँदै नागरिकको मतदान अधिकार सुरक्षित राख्ने र पर्यटकको आवागमनमा असहजता नहोस् भन्ने उद्देश्यले उक्त व्यवस्था गरिएको आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया

Leave a Reply