कागेश्वरी मनोहरामा कौसी खेती प्रवर्द्धन कार्यक्रम : वडास्तरमा घुम्ती तालिम सम्पन्न

mukunda500.dhungana@gmail.com' rastriyakhabar
११ फाल्गुन २०८२, सोमबार ०७:१८

काठमाडौँ ।  कागेश्वरी मनोहरा नगरपालिका द्वारा आयोजित कौसी खेती प्रवर्द्धन कार्यक्रम अन्तर्गत वडा नं. ५, ६ र ७ मा एक दिने स्थानगत घुम्ती तालिम सफलतापूर्वक सम्पन्न भएको छ ।

तालिममा सहभागी कृषकहरूलाई कौसी खेती सम्बन्धी आधारभूत ज्ञान, व्यावहारिक सीप तथा आधुनिक प्रविधिको जानकारी प्रदान गरिएको थियो । सीमित स्थानमा तरकारी तथा फलफूल उत्पादन गर्ने तरिका, जैविक मलको प्रयोग, बिरुवा रोप्ने विधि, कीरा नियन्त्रण तथा उत्पादन व्यवस्थापनबारे विस्तृत प्रशिक्षण दिइएको जनाइएको छ ।

नगरपालिकाले शहरी क्षेत्रमा उपलब्ध सानो खाली स्थानलाई उपयोग गर्दै घर–घरमा ताजा र सुरक्षित तरकारी उत्पादन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको हो ।

कौसी खेतीका फाइदा

  • घरमै ताजा, विषादीरहित तरकारी उपलब्ध हुने

  • दैनिक खर्चमा बचत तथा अतिरिक्त उत्पादनबाट आय आर्जनको सम्भावना

  • बेरोजगार वा गृहिणीहरूलाई आत्मनिर्भर बन्न सहयोग

  • वातावरणीय सन्तुलन कायम गर्न र हरियाली प्रवर्द्धनमा योगदान

  • फोहोर व्यवस्थापनमा सुधार (कम्पोष्ट मल प्रयोगमार्फत)

कार्यक्रमले कृषकहरूलाई आत्मनिर्भरता तर्फ अग्रसर गराउँदै शहरी कृषि विस्तारमा टेवा पुर्‍याउने विश्वास लिइएको छ । नगरपालिकाले आगामी दिनमा समेत यस्ता सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply