काठमाडौँ । बुढ़ानीलकण्ठ नगरपालिकाको आयोजनामा Piles तथा Fistula सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुन लागेको छ। नगरवासी सबैमा स्वास्थ्य लाभको अवसर प्राप्त गर्न शिविरमा सहभागी हुन हार्दिक अनुरोध गरिएको छ।
शिविर फाल्गुण ११ गते (सोमवार) दिन कपन ह्याण्डवल, वडा नं. १० मा सञ्चालन हुनेछ। समय विहान ११:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म रहनेछ।
नगरपालिकाले नागरिकहरूलाई स्वास्थ्यप्रति सचेत रहन र समयमै जाँच गराउन आग्रह गर्दै भन्यो, “स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो। समयमै जाँच गरौं, स्वस्थ रहौं।”
शिविरमा सहभागी भएर स्वास्थ्य सम्बन्धी परामर्श, परीक्षण र आवश्यक उपचार सेवाहरू निःशुल्क उपलब्ध हुने भएकाले सबै नगरवासीले लाभ उठाउन सक्नेछन्।









प्रतिक्रिया