नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको बार्षिक साधारण सभा सम्पन्न, कार्यसमिति पूर्णता प्राप्त

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० माघ २०८२, बिहीबार ०७:५३

काठमाडौँ। नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको बार्षिक साधारण सभा आज जोसेफ हाई स्कुलको सभाहलमा सम्पन्न भएको छ। सभा नेसनल प्याब्सन केन्द्रीय समितिका निवर्तमान अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यता तथा केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सुर्य बहादुर अधिकारीको विशेष आतिथ्यतामा सञ्चालन भएको थियो।

सभामा नेसनल प्याब्सन केन्द्रीय समितिका सचिव बिक्रम ढुकुछु, सचिव तेन्जिङ भुटियाभुटिया, केन्द्रीय सदस्य विनय श्रेष्ठ, राजेश्वर तिवारी, बागमती प्रदेश अध्यक्ष नारायण कुमार कार्की, नेसनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कावाँ, बुढानिलकण्ठ नगर समिति अध्यक्ष सुदिप काफ्ले, काठमाडौं महानगर समिति अध्यक्ष निलम मणि भट्टराई, बागमती प्रदेश तथा काठमाडौं जिल्ला समिति पदाधिकारी, उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य र प्रतिनिधिसभा उम्मेदवार जे. बी. दिपक अधिकारी, विद्यालयका प्राचार्यहरू लगायतको उपस्थिती रहेको थियो।

सभाले साङ्गठनिक रिपोर्ट, आर्थिक रिपोर्ट र बार्षिक कार्य योजना सर्वसम्मत पारित गरेको छ। साथै नेसनल प्याब्सन बागमती प्रदेश समिति, काठमाडौं जिल्ला समिति र काठमाडौं महानगर समितिलाई पूर्णता दिएको छ।

प्रधान अतिथि पाण्डव हमाल, विशेष अतिथि सुर्य बहादुर अधिकारी तथा अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै संगठनका गतिविधि र भविष्यका योजनाहरूको बारेमा धारणा प्रस्तुत गरेका थिए।

कार्यक्रममा काठमाडौं जिल्ला उपाध्यक्ष ईश्वर केसीले स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रकाश अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए। सभा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होम बहादुर अधिकारी (मनोज)को सभापतित्वमा सम्पन्न भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply