कुलमान घिसिङको राजीनामापछि तीन मन्त्रालयको कार्यभार तोकियो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२५ पुष २०८२, शुक्रबार ०६:४५

काठमाडौँ । कुलमान घिसिङको राजीनामापछि रिक्त बनेका तीन मन्त्रालयको कार्यभार तोकिएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको कार्यभार अनिलकुमार सिन्हालाई तोक्नुभएको छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी माधवप्रसाद चौलागाईँलाई दिइएको छ भने सहरी विकास मन्त्रालयको कार्यभार कुमार इङ्नामलाई प्रदान गरिएको छ ।

शीतल निवासद्वारा जारी विज्ञप्तिअनुसार संविधानबमोजिम कुलमान घिसिङले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएपछि उनले सम्हाल्दै आएका मन्त्रालयहरूको जिम्मेवारी हाल मौजुदा मन्त्रिपरिषद्का अन्य मन्त्रीहरूलाई तोकिएको हो ।

प्रतिक्रिया