गोकर्णेश्वर नगर प्रमुखद्वारा सार्क राष्ट्रका स्वास्थ्य विशेषज्ञसँग अन्तरक्रिया

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०८२, बिहीबार ०५:५५

काठमाडौँ ।  विश्व स्वास्थ्य संगठन (WHO) सँग आबद्ध सार्क राष्ट्रका स्वास्थ्यसम्बन्धी विशेषज्ञहरूको टोलीसँग गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख श्री दिपक कुमार रिसालले अन्तरक्रिया गर्नु भएको छ। उक्त कार्यक्रम गोकर्णेश्वर नगर अस्पतालमा सम्पन्न भएको हो।

अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख रिसालले नगरवासीलाई प्रदान भइरहेका स्वास्थ्य सेवाहरू, सेवा प्रवाहमा अपनाइएका सुधारात्मक कदमहरू तथा आगामी स्वास्थ्य योजना बारे विस्तृत जानकारी प्रस्तुत गर्नुभयो।

मेयर रिसालले नगर क्षेत्रभित्र प्राथमिक स्वास्थ्य सेवा सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउन नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा अत्यावश्यक सेवा विस्तार, विशेषज्ञ सेवा वृद्धि र स्वास्थ्य पूर्वाधार सुदृढीकरणमा थप ध्यान केन्द्रित गर्ने बताउनुभयो।

सार्क मुलुकका स्वास्थ्य विशेषज्ञहरूले नगरपालिकाद्वारा सञ्चालन भइरहेको स्वास्थ्य सेवा व्यवस्थापनको प्रशंसा गर्दै भविष्यमुखी योजनामा प्राविधिक सहयोग तथा अनुभव आदान–प्रदान गर्न तयार रहेको धारणा व्यक्त गरे।

कार्यक्रमले अन्तर्राष्ट्रिय स्वास्थ्य विशेषज्ञसँग गोकर्णेश्वर नगरपालिकाको प्रयास र अनुभव साझा गर्न, साथै अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास नगर अस्पतालले व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Reply